नेप्सेमा दोहोरो अंकको गिरावट, विश्लेषक भन्छन् – 'रेकर्ड ब्रेक गर्छ'
काठमाडौँ - साताको पहिलो दिन १०५ अंकले बढेको सेयर बजार सोमबारको कारोबारमा पुन: गिरावट आएको छ । आजको कारोबारमा प्रि-ओपनिङबाटै गिरावट सुरु भएको थियो ।सो क्रम बजार बन्द हुने समयसम्मै कायम रह्यो। आइतबारको कारोबारमा १०५ अंकले बढेको थियो । दोस्रो दिनको कारोबारमा दोहोरो १३ अंकले घट्दा लगानीकर्ता अन्योलमा देखिएका छन्।
आज सेयर बजार खुलेको केही समयमै ओरालो यात्रा सुरु गरेको थियो। २८८५ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा २८७२.०५ अंकमा पुगेको छ । अर्थात आज बजार परिसूचक १३.४८ अंकले ओरालो लागेको छ ।
सोमबारको कारोबारमा सेयर बजार परिसूचक १३.४८ अंक अर्थात ०.५० प्रतिशतले घटेको छ । आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.३९ अंक अर्थात ०.०७ प्रतिशतले बढेर ५३८.९३ अंकमा पुगेको छ ।
आज नेप्सेमा २२४ कम्पनीको ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५ सय ९८ रूपैयाँ बराबरको १ करोड १ लाख ५ हजार ६ सय ६९ कित्ता सेयर ६९ हजार ७ सय ७० पटक खरिद बिक्री भएको छ ।
बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये ३२ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय ५६ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दापनि विन नेपाल लघुवित्त वित्तिय संस्था, फर्वार्ड माइक्रो फाइनान्स वित्तिय संस्था, च्याङ्दी हाइड्रो पावर, बुद्धभूमि नेपाल हाइड्रो पावर तथा हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलोमेन्ट कम्पनीको सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।
आजको कारोबारमा समूहगत परिसूचक तर्फ लगानी २.१८ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.५५ प्रतिशत तथा अन्य समूह १.२८ प्रतिशतले बढ्दा अन्य समूहगत परिसूचक भने सामान्य घटेका छन् । बैंकिङ समूह १.०५ प्रतिशत, व्यापार समूह ०.३८ प्रतिशत, होटेल तथा टुरिजम क्षेत्र ०.७२ प्रतिशत, जीवन बीमा समूह १.३३ प्रतिशत, म्युचल फण्ड समूह ०.७२ प्रतिशत तथा विकाश बैंक समूह २.१३ प्रतिशतले घटेका छन् ।
त्यस्तै हाइड्रो पावर क्षेत्र ०.६७ प्रतिशत, फाइनान्स समूह १.६९, निर्जीवन बीमा समूह १.३५ प्रतिशत, म्यानिफ्याकचरिङ तथा प्रोडक्शन समूह ०.९८ प्रतिशतले घटेका छन् ।
आज गुमाउने पाँच कम्पनीमा माउन्टेन हाइड्रो नेपाल, सिभिल लघुवित्त वित्तिय संस्था, न्यादी हाइड्रो पावर, पञ्च कन्या माइ हाइड्रो पावर तथा श्री इन्भेष्टमेन्ट फाइनान्स रहेका छन् ।
आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तिय संस्था र फर्वार्ड माइक्रो फाइनान्स वित्तिय संस्था , बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडको सेयरले सर्किट लेभलमा कारोबार गरेको छ ।
पुरानो रेकर्ड ब्रेक गर्छ : विश्लेषक
सेयर बजार विश्लेषकहरू भने बजार तलमाथि हुन सामान्य कुरा भएको बताउँछन् । हाल सत्तारूढ गठबन्धनले स्थानीय चुनाव गराउने निर्णय गरेसँगै सेयर बजार १०५ अंकले बढेको कतिपय विश्लेषकहरू तर्क गर्छन् । आइतबारको बजार १०५ अंकले बढ्नुमा चुनावको सेन्टीमेन्टसँगैं अन्य कुराहरूले पनि असर पारेको सेयर बजार विश्लेषक नवराज दाहाल बताउँछन् । हाल २२/२३ सय अंकमा बजार किनेकाहरूले नाफा बुक गर्न थालेको हुँदा बजार तलमाथि हुँदै गएको र लगानीकर्ताले अत्यन्तै विचार गरेर लगानी गर्नुपर्ने दाहाल बताउँछन् । चुनावबाट सेयर बजारले नेतृत्व पाउने होइन । हाल बजारमा २२ सय अकं देखि २५ सय अकंमा किनेर राखेकाहरूले नाफा बुक गर्ने क्रममा रहेको हँदा बजारलाई माथि लैजाने काम भएको दाहाल बताउँछन् । सेयर बजार सके आजै अन्यथा भोलिबाट लयमा फर्कने दाहाल बताउँछन् । पैसा भएमा सेयर किनेर राख्न र नभएकमा होल्ड गरेर पर्खन दाहाल लगानीकर्तालाई सुझाव दिन्छन् ।
त्यस्तै सेयर बजारको विश्लेषण गर्दे आएका प्रकाश रजौरिया अब क्रमश: बजार माथि जाने बताउँछन् । सेयर बजार एकैपरूपमा अगाडि बढ्ने होइन ३२ सय अंकमाथि पुगेको बजार करेक्सन हुँदै २२ सय अंकमा आएर २९ सय पुगेको थियो । अब २९ सय बाट पुन: १५० अंकले गिरावट आउँदै आइतबार १०५ अंकले माथि गएको छ । यसले गर्दा बजार तलमाथि हुँदै यसअघिका सबै रेकर्ड ब्रेक गर्ने रजौरिया बताउँछन् ।
लगानी गर्दा विचार गरेर गर्नुपर्ने दुवै विश्लेषकहरूको तर्क छ । हाल बजारमा विभिन्न खेल सुरु हुँदा सोझा लगानीकर्ता मारमा परेको उनीहरूको तर्क छ। हाल सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर सेयर किनबेच गर्ने समूहले गर्दा सोझा लगानी मारमा परेको विश्लेषकहरू बताउँछन् । लगानीकर्ताले सचेत भएर मात्र लगानी गर्नुपर्यो । आफूले लगानी गर्ने कम्पनीको अवस्था आदीका बारेमा विश्लेषण गरेर लगानी गर्दा जोखिम कम हुने रजौरिया बताउँछन् ।
बजार अगाडिमात्र बढ्ने हुँदैन बजार घटदैमा आत्तिएर बेच्ने गरेका लगानीकर्तालाई त्यसो नगर्न अर्का विश्लेषक दाहाल सुझाव दिन्छन् । बजार अगाडि बढ्ने हो अब यसले पुराना सबै रेकर्ड ब्रेक गर्छ तर एकोहोर रूपमा बजार बढ्ने हुँदैन यसले गर्दा लगानीकर्तालाई बढ्दा मात्तिने र घट्दा आत्तिने गर्नु गलत रहेको दाहालले इकागज मार्फत लगानीकर्तालाई सुझाव दिन्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया