१९ अकंले बढ्यो नेप्से परिसूचक
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से मंगलबार १९ अंकले बढेको छ । आइतबार १०५ अंकले बढेको सेयर बजार परिसूचक सोमबार भने १३ अंकले घटेको थियो । मंगलबार २८७२ अंकबाट सुरु भएको बजार परिसूचक बन्द हुने बेलामा २८९१.३० अंकमा पुगेको थियो ।
मंगलबारको कारोबारमा सेयर बजार परिसूचक १९.२६ अंक अर्थात ०.६७ प्रतिशतले बढेको छ । आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.९८ अंक अर्थात ०.७४ प्रतिशतले बढेर ५४२.९० अंकमा पुगेको छ ।
आज नेप्सेमा २२३ कम्पनीको ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रूपैयाँ बराबरको १ करोड २१ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर ८० हजार ८ सय ९० पटक खरिद बिक्री भएको छ ।
बढ्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ४८ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने ३६ कम्पनीको सेयर मूल्य घटेको छ । बजार बढ्दा विन नेपाल लघुवित्त वित्तिय संस्था, नेशनल हाइड्रो पावर कम्पनी, फर्वाड माइक्रो फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रो पावर तथा युनाइटेड आइडीआई मार्दी हाइड्रो पावर कम्पनीको सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।
आजको कारोबारमा समूहगत ४ परिसूचकहरू व्यापार समूह ०.१७ प्रतिशत, होटेल एण्ड टुरिजम समूह ०.०८ प्रतिशत, जीवन बीमा समूह ०.०८ प्रतिशत तथा म्यानिफ्याक्चरिङ एण्ड प्रोडक्सन समूह ०.०८ प्रतिशतले घट्दा अन्य समूहगत परिसूचकहरू भने बढेका छन् ।
आज गुमाउने पाँच कम्पनीमा नेरुदी लघुवित्त विकास बैंक,मेरो माइक्रो फाइनान्स वित्तिय संस्था, सिभिल लघुवित्त वित्तिय संस्था, अजोड इन्सोरेन्स तथा ग्लोबल आइएमई लघुवित्त रहेका छन् ।
आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तिय संस्था र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडको सेयरले सर्किट लेभलमा कारोबार गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया