अर्थ / बाणिज्य

क्रिप्टोकरेन्सीमा ४ लाख नेपालीको लगानी

इकागज |
माघ १९, २०७८ बुधबार १६:४७ बजे

काठमाडौँ- एक संस्थाले निकालेको तथ्यांकअनुसार क्रिप्टोकरेन्सीमा नेपालीहरूको ४ लाख भन्दाबढीले लगानी गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

 सिंगापुरको एक कम्पनी सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको कुल जनसंख्यकाको १.४५ प्रतिशतले क्रिप्टो करेन्सीमा लगानी गरेका छन् । सिंगापुरको क्रिप्टो डाटा प्रदान गर्ने कम्पनी ‘ट्रिपल ए’ विभिन्न राष्ट्रहरूबाट क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको तथ्यांक सार्वजनिक गरेको हो । 


हालै नेपालमा क्रिप्टोकरेन्सी कारोबार बढेको भन्दै नेपाल राष्ट्र बैंकले कुनै पनि नेपालीले क्रिप्टोकरेन्सीमा लगानी गर्न नपाउने भन्दै सूचना सार्वजनिक गरेको थियो । त्यस्तै क्रिप्टोकरेन्सी काराेबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।


Author

थप समाचार
x