इन्भेष्टमेन्ट बैंकले ल्यायो 'एनआईबीएल गज्जब ६ मुद्दती खाता'
काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा 'एनआइबीएल गज्जब ६ मुद्दती खाता' सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी हुने बैंकले जनाएको छ ।
यस मुद्दती खाताका विशेषताहरुमा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने जनाएको छ। यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्नेछन् । न्यूनतम १० हजारमा मुद्दती खाता खोल्न सकिने छ । यसमा निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने । साँवा तथा पाकेको ब्याजको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक ‘२०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया