अवैध सामान भन्सार दाखिला
काठमाडौँ - अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा भेटिएको १ लाख ३३ हजार भन्दा बढीको लत्ताकपडा इलाका प्रहरी कार्यालय जमुनाहाले नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
माघ २३ गते गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका सुईया मोड चोकमा फेला परेको प्रहरी जनाएको छ । वेवारिसे अवस्थामा फेला पारेको १ लाख ३३ हजार ७ सय ६० रूपैयाँ बराबरको भन्सार छलिको सामान नेपालगन्ज भन्सारमा बुझाएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया