अर्थ / बाणिज्य

सेयर बजारमा १६ अंकको गिरावट

इकागज |
माघ २५, २०७८ मंगलबार १५:३४ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से साताको तेस्रो कारोबारको दिन मंगलबार गिरावट आएको छ । निकै उतारचढाव देखिएको बजारमा बन्द हुने समयमा गिरावटमा गएको हो। आइतबारको कारोबारमा ४० अंकले घटेको बजार सोमबार १५ अंकले बढेको थियो ।

मंगलबार २८५१ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा २८३५.५८ अंकमा पुगेको छ । अर्थात आज बजार परिसूचक १६.३० अंकले ‌ओरालो लागेको छ ।


आजको कारोबारमा सेयर बजार परिसूचक १६.३० अंक अर्थात ०.५७ प्रतिशतले घटेको छ । आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.८२ अंक अर्थात ०.५३ प्रतिशतले बढेर ५३२.५० अंकमा पुगेको छ ।

आज नेप्सेमा २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ८५ रूपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता सेयर ७१ हजार ३ सय ४० पटक खरिद बिक्री भएको छ ।

बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये ४० कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय ४० कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दापनि नेपाल इन्सोरेन्स कम्पनी, बुद्धभूमि नेपाल हाइड्रो पावर,राष्ट्रिय बीमा कम्पनी, विन नेपाल लघुवित्त वित्तिय संस्था तथा एनएमबि हाइब्रीड फण्ड कम्पनी सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

समूहगत परिसूचकतर्फ व्यापार समूह ०.०९ प्रतिशत, होटेल तथा ०.१२ प्रतिशत, निर्जीवन बीमा समूह ०.४३ प्रतिशत, म्यानिफ्यक्चिरङ एण्ड प्रोडक्सन समूह ०.३८ प्रतिशत तथा म्युचल फण्ड समूह ०.४७ प्रतिशतले बढेका छन् ।

त्यस्तै बैंकिङ समूह ०.३६ प्रतिशत, विकास बैंक समूह १.०२ प्रतिशत, हाइड्रो पावर समूह १.५४ प्रतिशत, फाइनान्स समूह ०.३७ प्रतिशत,माइक्रो फाइनान्स समूह ०.६५ प्रतिशत तथा बीमा समूह १.०७ प्रतिशत, इन्भेष्टमेन्ट समूह १.५४ प्रतिशत, अन्य समूह ०.०९ प्रतिशतले घटेका छन् ।

आज गुमाउने पाँच कम्पनीमा लिवर्टी इनर्जी कम्पनी, नेपाल हाइड्रो डेभलोपर्स कम्पनी, बोतलर्स नेपाल तराई लिमिटेड, युनिभर्सल पावर कम्पनी तथा तेह्रथुम पावर कम्पनी रहेका छन् ।

 

 


Author

थप समाचार
x