फाइबर नेटमा वर्ल्डलिंकका ग्राहक संख्या साढे ५ लाख नाघ्यो
टेलिकमको २ करोड १६ लाख ग्राहक पुग्दा एनसेल कहाँ छ ?
काठमाडौँ - नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोग संख्या ३ करोड ६० लाख भन्दा बढी पुगेको छ । जसमा सबैभन्दा धेरै मोबाइल सेवा प्रदायकको रहेको देखिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार ११८.८६ प्रतिशत ब्रोडव्यान्ड इन्टरनेटको हिस्सा रहेको छ ।
जसमा ८० प्रतिशत बजार मोबाइल ब्रोडव्यान्डले ओगेटेको छ । त्यस्तै तारसहित (वायर) इन्टरनेट प्रयोगकर्ता २९.२० प्रतिशत रहेको छ । त्यस्तै आइएसपीहरूबाट ताररहित इन्टरनेट ०.६९ प्रतिशत रहेको छ ।
मोबाइल सेवामा थ्रीजी तथा फोरजी सेवा प्रयोग गरेर इन्टरनेट चलाउने संख्या १ करोड ८२ लाख ६० हजार ४ सय ९१ रहेको छ । इभिडियो तथा वाइम्याक्स प्रयोगकर्ताको संख्या क्रमश: १ लाख ३६ हजार ५ सय ७३ र ९० हजार ६ सय ३ रहेको छ ।
यस्तो छ पछिल्लो इन्टरनेट ग्राहक थपघट संख्या
प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार एक महिनाको अवधिमा ५७ हजार ९ सय १२ फाइबर इन्टरनेट ग्राहक थपिएको देखिन्छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार कात्तिकमा १६ लाख २९ हजार ७६८ फाइबर इन्टरनेट ग्राहक रहेकोमा मंसिरमा बढेर १६ लाख ८७ हजार ६ सय ८० प्रयोगकर्ता पुगेका छन् ।
फाइबर इन्टरनेटमा सबैभन्दा बढी ग्राहक संख्या रहेको वर्ल्डलिंकले थपेको छ। कात्तिकमा ५ लाख ४९ हजार २ सय ८३ रहेकोमा मंसिर महिनामा १३ हजार २ सय ६३ जना थपेर ग्राहक संख्या ५ लाख ६२ हजार ५ सय ४६ पुर्याएको प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ। फाइबार तथा अन्य गरेर वर्ल्डलिंकको ग्राहक ५ लाख ६३ हजार ७ सय ७० पुगेको छ ।
दोस्रो बढी फाइबर ग्राहक थप्नेमा टेलिकम रहेको छ देखिन्छ। टेलिकमको कात्तिकमा १ लाख ५१ हजार ६ सय ७६ फाइबर इन्टरनेट प्रयोगकर्ता रहेका थिए ।मंसिरमा ७ हजार ४ सय ७८ ग्राहक थपेर १ लाख ५९ हजार १ सय ५४ पुगेको छ।
टेलिकमपछि क्लासिक टेक फाइबर इन्टरनेट प्रयोगकर्ता संख्या थप्न सफल भएको छ। कात्तिकमा १ लाख ८७ हजार ५ सय ६३ फाइबर ग्राहक रहेकोमा ७ हजार १ सय ग्राहक थपेर १ लाख ९४ हजार ६ सय ६३ पुर्याएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, कात्तिकको तुलनामा मंसिरमा सुबिसुले ४ हजार ३९ फाइबर इन्टरनेट ग्राहक थपेको प्राधिकरणले जनाएको छ। सुबिसुसँग कात्तिकमा २ लाख १५ हजार २ सय ४८ ग्राहक रहेकोमा मंसिरमा बढेर २ लाख १९ हजार २ सय ८७ पुगेको देखिन्छ।
भायनेटले पनि २ हजार ८ सय ८१ फाइबर इन्टरनेट ग्राहक थप्न सफल भएको छ। कात्तिकमा १ लाख ५५ हजार ७ सय ६९ फाइबर इन्टरनेट ग्राहक रहेकोमा मंसिरमा बढेर १ लाख ५८ हजार ६ सय ५० पुगेको प्राधिकरणले जनाएको छ।
यस्तै, पछिल्लो समय ठूलो लगानीसहित इन्टरनेट बजारमा भित्रिएका डिसहोम फाइबरनेट र सीजी नेटले पनि फाइबर इन्टरनेट ग्राहक थपेका छन्। कात्तिकमा डिसहोमसँग ३८ हजार ४ सय ७४ फाइबर इन्टरनेट ग्राहक रहेकोमा मंसिरमा ४४ हजार २ सय ८७ पुर्याएको छ ।
यस्तो छ प्राधिकरणको तथ्यांकअनुसार १० प्रमुख निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक
वर्ल्डलिंक कम्युनिकेसन |
कार्तिक – ५, ५०, ५७९ |
मंसिर– ५, ६३, ७७० |
वृद्धि – १३, १९१ |
सुविसु केबलनेट |
कार्तिक - २,४३, ७३३ |
मंसिर – २, ४७, ९३८ |
वृद्धि – ४, २०५ |
क्लासिकटेक प्रालि |
कार्तिक – १, ८८, ३०३ |
मंसिर – १, ९५, ३८८ |
वृद्धि – ७, ०८५ |
भायानेट प्रालि |
कार्तिक– १, ५५, ७३३ |
मंसिर – १, ५८, ६५० |
कमी – २, ९१७ |
वेबसर्फर कम्युनिकेशन |
कार्तिक – ७४, ०४२ |
मंसिर – ७४, ०४२ |
अन्तर – यथावत |
टेकमाइण्ड्स नेटवर्क |
कार्तिक – ६९, ९१३ |
मंसिर – ६९, ९१३ |
अन्तर – यथावत् |
ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन |
कार्तिक – ५२, २९३ |
मंसिर – ५३, ३९५ |
वृद्धि – १, १०२ |
डिश मिडिया नेटवर्क |
कार्तिक – ३८, ७७४ |
मंसिर – ४४, २८७ |
वृद्धि – ५,५१३ |
कनेक्ट नेपाल नेटवर्क |
कार्तिक – १८, ५७० |
मंसिर – १८, ५७० |
अन्तर – यथावत् |
एरोनेट प्रालि |
कार्तिक – १६, ५६२ |
मंसिर – १६, ९५२ |
वृद्धि – १९७ |
मोबाइल सेवातर्फ
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा मोबाइल सेवा प्रयोग गर्नेको संख्या चार करोड नाघेको छ । प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार ४ करोड ८ लाख ५५ हजार २ सय ८९ जीएसएम मोबाइल सेवाको प्रयोगकर्ता रहेको छ ।
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २ करोड १६ लाख ४५ हजार १ सय ८९ जीएसएम प्रयोगकर्ता रहेका छन् । त्यस्तै नीजि क्षेत्रको ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको १ करोड ६८ लाख ४१ हजार ७ सय ६४ जीएसएम प्रयोगकर्ता रहेका छन् ।
खारेजीको मुखमा पुगेको स्मार्ट टेलिकमको २३ लाख ६८ हजार ३ सय ३६ प्रयोगकर्ता रहेको प्राधिकरणले निकालेको पछिल्लो तथ्यांकले देखाउछ ।
नेपाल टेलिकमको निजी क्षेत्रको सेवा प्रदायक एनसेललाई जीएसएम सेवामा निकै पछि छाडेको छ । पछिल्लो तथ्यांकअनसार एनसेल भन्दा नेपाल टेलिकमको ४८ लाख बढी प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ । त्यस्तै टेलिकमको फोरजी सेवा प्रयोग गर्ने संख्या ८१ लाख ७४ हजार पुगेका छन्। फोरजीमा पनि एनसेल टेलिकमभन्दा पछि परेको छ । एनसेलको ६१ लाख ४८ हजार फोरजी प्रयोगकर्ता रहेका छन् ।
टेलिकमको सिडिएमए प्रविधिमा समेत ३ लाख २१ हजार २ सय ७३ प्रयोगकर्ता रहेका छन् । हाल टेलिकमले सिडिएमए सेवा बन्द गर्नको लागि यसका प्रयोगकर्तालाई जीएसएमतर्फ माइग्रेसन गरिरहेको छ । जीएसएम तथा सिडिएमए सेवाका प्रयोगकर्ताको संख्या ४ करोड ११ लाख ७६ हजार ५ सय ६२ पुगेका छन् ।
मोबाइल सेवामा नेपाल टेलिकमले ५४.२६ प्रतिशत स्थान ओगट्दा एनसेलले ४०.१० प्रतिशत ओगटेको छ । त्यस्तै स्मार्ट टेलिकमले ५.६४ प्रतिशत बजार ओगटेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया