क्रिप्टोकरेन्सी कारोबारमा नलाग्न राष्ट्र बैंकको आह्वान
प्रकाशित गर्यो साक्षरता सम्बन्धि सामग्री
काठमाडौँ - नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न पुनः आह्वान गरेको छ । मंगलबार क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले जनचेतामूलक तथा वित्तिय साक्षरता सम्बन्धि सामग्री प्रकाशित गर्दै क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङमा संलग्न नहुन आह्वान गरेको हो ।
राष्ट्र बैंकका अनुसार विदेशबाट सञ्चालित पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ व्यवसाय पनि नेपालमा सक्रिय रहेको विषय पनि विभिन्न सञ्चार माध्यममा आएका छन् । छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्किङ मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुनेछ ।
त्यस्तै, कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन यस बैंकले समयसमयमा सूचना प्रकाशन गरी आह्वान गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसंग सम्बन्धित लगानी ब्ल्याक मनिलाई ह्वाइट बनाउन प्रयोग गरिने गरेको पाइएको जनाएको छ । राष्ट्र बैंकले मंगलबार क्रिप्टोकरेन्सी जनचेतनामूलक सूचना सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
क्रिप्टोकरेन्सीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबारमा वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको जानकारी आएको राष्ट्र बैंकले जनाएको छ । छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने जोखिम हुने तथा कानूनी झन्झट आउन सक्ने भएकाले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा रहेका नेपालीलाई आह्वान गरेको छ ।
यस्तो छ राष्ट्र बैंकले निकालेको साक्षरता सामाग्री
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया