अर्थ / बाणिज्य

सेयर बजार २२ अंकले घट्यो, कारोबार रकममा उलेख्य गिरावट

इकागज |
माघ २६, २०७८ बुधबार १५:२३ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से साताको चौथो कारोबारको दिन बुधबार पुन: गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार ४० अंकले घटेको बजार सोमबार भने १५ अंकले बढेको थियो । त्यस्तै मंगलबारको कारोबारमा १६ अंकले गिरावट आएको थियो । बुधबार पुन: २२ अंकले गिरावट आएको छ ।

बुधबार २८३५ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा परिसूचक बिन्दू  २८१३.४७ अंकमा पुगेको छ । अर्थात आज बजार परिसूचक २२.११ अंकले ‌ओरालो लागेको छ ।


आजको कारोबारमा सेयर बजार परिसूचक ०.७८ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.५१ अंक अर्थात ०.६६ प्रतिशतले बढेर ५३२.५० अंकमा पुगेको छ ।

बुधबार कारोबार रकममा पनि उलेख्य गिरावट देखिएको छ । मंगलबार ६ अर्ब २८ करोडको कारोबार भएको थियो । बुधबार २२३ कम्पनीको ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १ सय ८२ रूपैयाँ बराबरको ६५ लाख २० हजार ६ सय २८ कित्ता सेयर ४५ हजार १ सय १२ पटक खरिद बिक्री भएको छ ।

बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा १० कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय ७५ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दापनि

लिवर्टी इनर्जी कम्पनी, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था, सिइडीबी हाइड्रो पावर डेभलोमेन्ट कम्पनी, एनआइबीएल प्रगति फण्ड तथा नबिल डिबेन्चर सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

समूहगत परिसूचकतर्फ १३ वटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूह १.२२ प्रतिशतले घटेको छ ।

आज गुमाउने पाँच कम्पनीमा बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, नेपाल एसबीआइ बैंक डिबेन्चर, नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड, सप्तकोशी डेभलोमेन्ट बैंक तथा विन नेपाल लघुवित्त वित्तिय संसथा रहेका छन्  ।

 


Author

थप समाचार
x