अर्थ / बाणिज्य

आइतबार १ सय अंकले गिरावट आएको नेप्से सोमबार स्थिर

इकागज |
फागुन २, २०७८ सोमबार १५:२३ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से साताको दोस्रो कारोबारमा स्थिर देखिएको छ । साताको पहिलो कारोबारको दिन १ सय अंकको गिरावट देखिएको थियो । २७ सय बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावबीच बन्द हुने समयमा समेत २७ सय अंकमै पुगेको रहन पुग्यो । अर्थात आज बजार परिसूचक जम्मा ०.०८ अंकले बढेको थियो । तीव्र उतारचढाव देखिएको बजार अन्तिम समयमा भने स्थिर रहेको हो ।

‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.३६ अंक अर्थात ०.०७ प्रतिशतले घटेर ५११.३० अंकमा ओर्लिएको छ ।


आइतबार ५ अर्ब ९७ करोड कारोबार भएको नेप्सेमा सोमबार भने कारोबार रकममा कमी आएको छ । आज २२७ कम्पनीको ३ अर्ब ६८ करोड ४ लाख ९ हजार ९ सय १५ रूपैयाँ बराबरको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर ४९ हजार ८ सय ८२ पटक खरिद बिक्री भएको छ ।

बजार स्थिर रहँदा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ११ कम्पनीको सेयर मूल्य बढेको छ भने  ६९ कम्पनीको सेयर मूल्य घटेको छ । बुदधभूमि हाइड्रो पावर, सपोर्ट माइक्रो फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनी , किसान लघुवित्त तथा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

समूहगत परिसूचकतर्फ बैंकिङ समूह ०.१९ प्रतिशत निर्जीवन बीमा समूह ०.१२ प्रतिशत, म्युचल फण्ड ०.२६ प्रतिशत , व्यापार समूह सर्वाधिक १.३४ प्रतिशतले घटेको छ भने घटेको छ अन्य समूहगत परिसूचक भने समान्य अंङ्कले बढेको छ ।

आज सर्वाधिक गुमाउनेमा मैलुङ खोला जलविद्युत, प्रिमियर इन्सोरेन्स, नेपाल इन्सोरेन्स, एनआइबीएल समृद्धी फण्ड तथा सनराइज ब्लुचीप फण्ड सर्वाधिक गुमाउने पाँच कम्पनी रहेका छन् ।

 

 


Author

थप समाचार
x