अर्थ / बाणिज्य

नेप्से ५३ अंकले बढ्यो, कारोबार रकममा भने कमी

इकागज |
फागुन ३, २०७८ मंगलबार १५:२५ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबारको कारोबारमा ५३ अंकले बढेको । आइतबार १ सय अंकले घटेको बजार सोमबार स्थिर रहेको थियो । मंगलबारको कारोबारमा उतारचढाव हुँदै अन्त्यमा भने बजार सकारात्मकता तर्फ नै लागेको हो । २७ सय अंकबाट सुरु भएको बजार परिसूचक बन्द हुने बेलामा २७५४.२८ अंकमा पुगेर बन्द भएको थियो । अर्थात आज बजार परिसूचक अंक ५३ अंकले बढेको छ ।

मंगलबारको कारोबारमा सेयर बजार परिसूचक ५३.३० अंक अर्थात १.९७ प्रतिशतले बढेको छ । आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १०.८३ अंक अर्थात २.१२ प्रतिशतले बढेर ५२२.१३ अंकमा पुगेको छ ।


मंगलबार कारोबार रकम भने घटेको छ। आज नेप्सेमा २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४ रूपैयाँ बराबरको ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर ४३ हजार ५ सय १९ पटक खरिद बिक्री भएको छ ।

बढ्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ७९ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ । बजार बढ्दा नेपाल न्यादी हाइड्रो पावर, तेह्रथुम पावर कम्पनी, हिमालय ऊर्जा विकास कम्पनी, कालिका पावर कम्पनी, छ्याङ्दी हाइड्रो पावर कम्पनी सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

आजको कारोबारमा समूहगत १३ वटै परिसूचकहरू बढेका छन् । आज सबैभन्दा बढी जलविद्युत समूहका सेयर धनीले कमाएका छन् । आजको कारोबारमा हाइड्रो पावर समूह ४ दशमलव ३२ अंकले बढेको छ । फाइनान्स समूह २ दशमलव ८५ प्रतिशतले बढेको छ । माइक्रो फाइनान्स समूह २ दशमलव ८२ प्रतिशत तथा विकास बैंक समूह २ दशमलव ७१ प्रतिशतले बढेका छन् भने अन्य सूमह पनि सामान्य रूपले बढेका छन् ।

बढ्दो बजारमा पनि एनआइसी एसिया ब्यालेन्स फण्ड, एनआइसी एसिया ग्रोथ फण्ड, सिटिजन म्युचल फण्ड, एनआइबीएल समृद्धी फण्ड तथा स्वाभिमान लघुवित्त गुमाउने पाँच कम्पनी रहेका छन् ।


Author

थप समाचार
x