पाँचखाललाई स्मार्ट सिटी बनाइने
काठमाडौँ– पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्नका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेड (स्मेक) बीच आज एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
निफ्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले आ–आफ्नो कम्पनीको प्रतिनिधित्व गर्दै निफ्राको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा निफ्राका उच्च व्यवस्थापनका पदाधिकारीहरु, स्मेकका पदाधिकारीहरु सहित पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामाको उपस्थिति रहेको थियो ।
समझदारी पत्रअनुसार, सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तरास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धि कार्यहरुमा सहकार्य गर्नेछ ।
निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्ने बताइएको छ । त्यस्तै निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरूसँगको समन्वयमा निफ्राको अगुवाईमा आवश्यक लगानी जुटाउने कार्य गर्ने सीईओ खतिवडाले बताए ।
पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्ने छ । यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५,५०० रोपनी क्षेत्रफल ओगटने छ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
यसै कार्यको लागी बजार अध्ययन सम्बन्धी काम गर्न निफ्राले अमेरिका स्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीले सो कार्य आव कोआठ हप्ता भित्र समपन्न गरिे प्रतिवेदन पेश गर्ने तय भएको छ ।
समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा निफ्रा का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, स्मेकका सलिम जहाँ फहिमले र पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामाले आफ्नो मन्तव्य राख्दै यस कार्यमा हरसम्भव प्रयास र सहकार्य गर्ने प्रतिवद्धता जाहेर गरेका छा् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया