अर्थ / बाणिज्य

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्ब २३ करोड

इकागज |
फागुन ४, २०७८ बुधबार १५:२९ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको चौथो बुधबारको कारोबारमा पुन: गिरावट आएको छ । आइतबार १ सय अंकको उलेख्य गिरावट आएको नेप्सेमा सोमबार स्थिर तथा मंगलबारको कारोबारमा ५३ अंकले बढेको थियो ।

कारोबार सुरु भए देखिनै निकै उतारचढाव देखिएको बजार अन्त्यमा भने नकारात्मक हुन पुग्यो। बुधबार २७५४.२८ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७३४.४४ अंकमा ओर्लिएको छ । अर्थात आज बजार परिसूचक बिन्दु १९.८४ अंकले ‌ओरालो लागेको छ ।


आजको कारोबारमा सेयर बजार परिसूचक ०.७२ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.४७ अंक अर्थात ०.६७ प्रतिशतले घटेर ५१८.६६ अंकमा ओर्लिएको छ ।

मंगलबार ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको नेप्सेमा बुधबार कारोबार रकममा कमी आएको छ । आज २३१ कम्पनीको ३ अर्ब २६ करोड ३ लाख ३० हजार ७ सय ८४ रूपैयाँ बराबरको ५६ लाख ५२ हजार १ सय ८२ कित्ता सेयर ३९ हजार ६ सय ६८ पटक खरिद बिक्री भएको छ ।

बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५४ कम्पनीको सेयर मूल्य घटेको छ । गुराँस लघुवित्त वित्तिय संस्था, ज्योती लाइफ इन्सोरेन्स, एनआइसी एसिया ब्यालेन्स फण्ड, युनाइटेड इन्सोरेन्स,सगरमाथा इन्सोरेन्स सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

समूहगत परिसूचकतर्फ जीवन बीमा समूह ०.११ प्रतिशत, तथा अन्य समूह ०.४४ बढेका छन् भने बाँकी ११ परिसूचकहरू घटेका छन्। आज जलविद्युत क्षेत्रका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगेका छन् । जलविद्युत समूह २.१८ प्रतिशतले घटेको थियो । विकास बैंक समूह १.८४ प्रतिशतले, फाइनान्स समूह १.८१ प्रतिशतले तथा लगानी समूह १.६८ प्रतिशतले घटेको छन् ।   

आज गुमाउने पाँच कम्पनीमा बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, सिंगटी हाइड्रो इनर्जी कम्पनी, सिइडीबी हाइड्रोपावर डेभलोमेन्ट कम्पनी तथा शिभ श्री हाइड्रो पावर कम्पनी रहेका छन् ।

 


Author

थप समाचार
x