अर्थ / बाणिज्य

इमर्जिङ्ग नेपाल आइपीओ बाँडफाँट

इकागज |
फागुन ४, २०७८ बुधबार १६:१५ बजे

काठमाडौँ - इमर्जिङ्ग नेपाल लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले आज एक कार्यक्रमबीच आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७ सय ८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७ सय ८ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।


कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ता सेयरको लागि आवेदन परेको छ ।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाद्वारा योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले मात्रै न्युनतम १० कित्ताको दरले सेयर पाएका छन् । २३ लाख ६४ हजार भन्दा बढीको हात खाली भएको छ । नतिजा केही समयमा यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।


Author

थप समाचार
x