अर्थ / बाणिज्य

साताको अन्तिम कारोबारमा नेप्से २ अंकको गिरावट

इकागज |
फागुन ५, २०७८ बिहीबार १८:२ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार सामान्य अंकले गिरावट आएको छ । अन्तिम कारोबारको दिन सेयरमा १.९४ अंकले गिरावट आएको हो । २७३४.४४ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा १.९४ अंकको सामान्य गिरावटसहित २७३२.५१ विन्दुमा पुगेर बजार बन्द भएको छ।

साताको अन्तिम कारोबारको दिनसम्म आइपुग्दा कारोबार रकम २ अर्ब रुपैयाँमा सिमित हुन पुगेको छ। ‍ बिहिबार २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६ सय ६० रुपैयाँ बराबरका ४० लाख १७ हजार ४ सय ९२ कित्ता सेयर ३४ हजार ३ सय ४६ पटकमा किनबेच भएका छन्।  


बिहिबार सिमित उतार चढाव देखिएको सेयर बजारमा सर्वाधिक कारोबार भएको कम्पनी जीवन विकास लघुवित्त हो। लघुवित्तको २२ करोड ३७ लाख रुपैयाँको सेयर खरिद बिक्रि हुँदा  मूल्य ३.५३ प्रतिशत वृद्धि भएको छ। अधिकतम कारोबार भएको अर्को कम्पनी हिमालयन डिष्टिलरी पनि हो। डिष्टिलरीको १२ करोड २० लाख रुपैयाँको कारोबार हुन पुगेको छ।

कारोबार भएका १३ उपसमूह मध्ये मात्र पाँच उपसमूह उकालो लागे। सबै भन्दा बढेको व्यापार उपसमूह हो। उपसमूह ०.४३ प्रतिशत बढेको छ। जलविद्युत उपसमूहमा पनि २.५९ अंकको वृद्धि देखिएको छ।  विकास बैक, वित्त, लगानी र जीवन बीमा उपसमूहमा भने ०.४० प्रतिशत अधिकको गिरावट आएको छ। 

नेप्से सामान्य अंक घट्दा पनि ४ प्रतिशत अधिक गुमाउने बुद्ध भूमि हाइड्रोका लगानीकर्ता हुन्। ग्रिन  लाइफ हाइड्रोको मूल्य पनि ३.३९ प्रतिशत घटेको छ। नेरुडे लघुवित्त, सिभिल लघुवित्त, प्रिमियर इन्स्योरेन्स र जनउत्थान लघुवित्तका लगानीकर्ताले पनि २ प्रतिशत अधिक गुमाए। 

बिहिबार सर्वाधिक कमाएका लगानीकर्ता तेह्रथुम पावरका लगानीकर्ता हुन्। जलविद्युतको मूल्य ६.४७ प्रतिशत बढेको छ। ६.३२ प्रतिशत बढेको युनाइटेड इदी मार्दी आर्बी हाइड्रोको मूल्य पनि हो। समलिंङ्ग पावरका लगानीकर्ताले पनि ४.१३ प्रतिशतका दरले कमाए। ३ प्रतिशत अधिक कमाउने जीवन विकास लघुवित्त र मैलुङ्ग खोला जलविद्युतका लगानीकर्ता पनि हुन् ।  


Author

थप समाचार
x