कर्जा कडाइसँगै नेप्से गिरावटतर्फ, ३९ अंकले घट्यो बजार
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको पहिलो कारोबारको दिन आइतबार ३९ अंकले घटेको छ । कारोबारको सुरुवातबाट तीव्र उतारचढाव देखिएको बजार अन्त्यमा नकारात्कता तर्फ नै लम्किएको हो ।
आइतबार २७३२.५१ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २६९३.१० अंकमा ओर्लिएको छ । अर्थात आज बजार परिसूचक बिन्दु ३९.४० अंकले ओरालो लागेको छ ।
हाल तरलता खेपिरहेको नेपाली अर्थतन्त्रमा राष्ट्र बैंकले सेयरमा जाने कर्जामा कडाइ गरेको थियो । साथै गत बिहीबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाई गरेपछि बजार झन् गिरावटतर्फ लम्किएको हो ।
आजको कारोबारमा सेयर बजार परिसूचक १.४४ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ४.९९ अंक अर्थात ०.९६ प्रतिशतले घटेर ५१३.६४ अंकमा ओर्लिएको छ ।
साताको पहिलो कारोबारको दिन आज २२७ कम्पनीको ४ अर्ब ८६ करोड ४७ लाख ४ हजार ८ सय २८ रूपैयाँ बराबरको ७१ लाख २२ हजार २ सय ९९ कित्ता सेयर ५७ हजार ४ पटक खरिद बिक्री भएको छ । गत साताको पहिलो कारोबारमा ५ अर्ब ९७ करोड रूपैयाँ बराबारको सेयर खरिद बिक्री भएको थियो ।
बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७१ कम्पनीको सेयर मूल्य घटेको छ । युनाइटेड आडीआई मार्दी आरबी हाइड्रोपावर लिमिटेड कम्पनीको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ । आज कारोबार उच्च हुने अन्य कम्पनीहरूमा तेह्रथुम पावर कम्पनी, सामलिङ पावर कम्पनी, नेपाल फाइनान्स लिमिटेड, जीवन विकाश लघुवित्त, नेपाल दुरसञ्चार कम्पनी लगायत छन् ।
समूहगत परिसूचकतर्फ अन्य समूह ०.४२ बढ्दा बाँकी १२ परिसूचक ओरालो लागेको छ । अन्य समूहमा सर्वाधिक गुमाउनेमा जीवन बिमा समूह रहेको छ । जीवन बीमा समूह २.४४ प्रतिशत, म्यानिफ्याक्चरिङ एण्ड प्रोडक्सन समूह २.३७ प्रतिशत, निर्जीवन बीमा कम्पनी २.२५ प्रतिशतले घटेका छन् ।
आज गुमाउने पाँच कम्पनीमा नारायणी विकास बैंक, युनाइटेड इन्सोरेन्स, रूरू जलविद्युत परियोजना, प्रिमियर इन्सोरेन्स , आइएमइ जेनेरल इन्सोरेन्स, मिथिला लघुवित्त लगायत रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया