अर्थ / बाणिज्य

नयाँ वर्षको पहिलो उत्पादन टाटा सफारी २०२१ एसयुभी सार्वजनिक

इकागज |
माघ १, २०७७ बिहीबार १३:२७ बजे

काठमाडौं : टाटा मोटर्सले नयाँ वर्षमा आफ्‍नो नयाँ उत्पादनको गाडी सार्वजनिक गरेको छ । टाटाले तस्बिरमार्फत सफारी २०२१ एसयुभी सार्वजनिक गरेको हो ।  

टाटाले भारतमा चाडै बुकिङ खुलाउने घोषणा समेत गरेको छ । यो टाटा ग्राभिटास मोडलमा आउनेछ । यो टाटाको सबैभन्दा महंगो एसयुभी हुनेछ । अहिलेसम्म टाटा हेरियर कम्पनीको सबैभन्दा महंगो एसयुभी हो । यसको टप भेरियन्ट २० लाख भारतीय रुपैयाँ पर्छ ।


नयाँ टाटा सफारीमा सात सिट क्षमता रहने कम्पनीले जानकारी दिएको छ । यो फुल साइज एसयूभी इन्टेरियर डिजाइन र टेक्नोलोजीको साथमा परफर्मेन्स निकै राम्रो रहेको कम्पनीको दाबी छ । यो कम्पनीले एमजी हेक्टर प्लस सेभेन सिटर र महिन्द्राको आउँदै गरेको एसयुभी न्यू महिन्द्रा एक्सयुभी ५०० २०२१ जस्तासँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।


Author

थप समाचार
x