अर्थ / बाणिज्य

नेप्से २५ अंकले बढ्यो, कारोबार रकममा उलेख्य कमी

इकागज |
फागुन ९, २०७८ सोमबार १५:२२ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबारको कारोबारमा २५ अंकले बढेको छ । साताको दोस्रो दिनको कारोबारमा नेप्से २५.४१ अंकले बढेको हो । पहिलो कारोबारको दिन आइतबार ३९ अंकले घटेको थियो । कारोबार सुरुवात देखिनै तीव्र उतारचढाव देखिएको बजार अन्त्यमा सकारात्मकता तर्फ गएर बजार बन्द भएको हो।

सोमबार २६९३.१० अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७१८.५१ अंकमा उक्लिएको छ। आजको कारोबारमा सेयर बजार परिसूचक ०.९४ प्रतिशतले बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ५.१५ अंक अर्थात १ प्रतिशतले बढेर ५१८.७९ अंकमा उक्लिएको छ ।


सोमबारको कारोबारमा २२४ कम्पनीको २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रूपैयाँ बराबरको ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता सेयर ४० हजार ८ सय ६९ पटक खरिद बिक्री भएको छ । साताको पहिलो कारोबारमा ४ अर्ब ८६ करोड रूपैयाँ बराबारको सेयर खरिद बिक्री भएको थियो ।

बढ्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको सेयर मूल्य घटेको छ ।

युनाइटेड आडीआई मार्दी आरबी हाइड्रोपावर लिमिटेड कम्पनीको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ । आज कारोबार उच्च हुने अन्य कम्पनीहरूमा गुँरास लघुवित्त, नेपाल हाइड्रो डेभलोपर्स, बुद्धभूमि नेपाल हाइड्रो पावर, साहास ऊर्जा लिमिटेड, एनआरएन इन्फास्ट्रचर एण्ड डेभलोमेन्ट लिमिटेड लगायतका कम्पनी रहेका छन् ।

समूहगत परिसूचकतर्फ आज कारोबार भएका १३ वटै परिसूचकको सेयर उकालो लागेका छन् । आज सर्वाधिक कमाउनेमा जलविद्युतका सेयरकर्ता रहेका छन् । आजको कारोबारमा हाइड्रो समूह २.२४ प्रतिशतले बढेको छ । अन्य उच्च कारोबार हुनेमा लगानी समूह १.२३ प्रतिशत, फाइनान्स समूह १.२ प्रतिशत लगायतका कम्पनी रहेका छन् ।

आज गुमाउने पाँच कम्पनीमा नबिल डिबेन्चर, कालिका लघुतवित्त, ग्रामीण विकास लघुवित्त, कर्पोरेट डेभलोमेन्ट बैंक तथा मन्जुश्री फाइनान्स लिमिटेड रहेका छन् ।

 

 


Author

थप समाचार
x