नेस्डो समृद्ध लघुवित्तको आईपीओ आजदेखि भर्न सकिने
काठमाडौँ - नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि आईपीओ निष्काशन गरेको छ। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ जारी गरेको हो।
निष्काशितमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ७ लाख ७४ हजार ५ सय ६३ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आईपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार आवेदन नपरे फागुन २५ गतेसम्म म्याद थप हुने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ। आइपीओ मेरो सेयर एप मार्फत भर्न सकिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया