अहिलेसम्मकै ठूलो प्राथमिक सेयर निष्काशन, आजदेखि बिक्री खुल्यो
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आजदेखि साधारण सेयरको (आइपीओ) बिक्री खुल्ला गरेको छ । यो अहिलेसम्मै ठूलो आइपीओ हो । कम्पनीले जारी पूँजी २० अर्बको ४० प्रतिशत बराबरको सेयर निष्कासन गर्न लागेको हो ।
प्रति सेयर एक सय रुपैयाँको दरले ८ करोड कित्ता सेयर बिक्री गर्न लागेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गर्नेछ । बाँकी रहेको ७ करोड ५८ लाख ४० लाख कित्ता सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको बैंकले जानकारी दिएको छ ।
पूर्वाधार विकास सम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयर लगानी गर्ने उद्येश्यले खोलिएको यो बैंकको अधिकृत पूँजी ४० अर्ब रुपैयाँ छ । साधारण सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
बैंकले छिटोमा माघ ६ गतेसम्म खुल्ला गर्नेछ । आवेदन कम भएको अवस्थामा ढिलोमा १३ गते बन्द गर्ने बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ ।
आगामी ३ वर्ष तथा विगत ३ वर्षको नेटवर्थ सम्बन्धी विवरण
विवरण |
वास्तविक |
प्रक्षेपित |
||||||
आव ०७४/०७५ |
आव ०७५/०७६ |
आव ०७६/७७ |
आव ०७७/७८ |
आव ०७८/७९ |
आव ०७९/०८० |
|||
प्रति सेयर नेटवर्थ (रुपैयाँमा.) |
५१ |
१०६.५७ |
११३.६२ |
११७.६९ |
११०.५४ |
११२.८० |
||
प्रति सेयर आम्दानी (रुपैयाँमा.) |
२ |
६.१ |
७.०६ |
५.५८ |
७.६७ |
८.८२ |
||
संचित नाफा/(नोक्सानी) (रुपैयाँ. हजार) |
९४, ५६३ |
६२३२१९ |
१२३४३७१ |
१७४४३१२ |
१३७०९९५ |
१५९९६३० |
||
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया