अर्थ / बाणिज्य

नेप्सेमा साताको प्रथम कारोबारमा ७ अंकको गिरावट

इकागज |
फागुन १५, २०७८ आइतबार १५:१७ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार  ७ अंकले गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन सेयर बजारमा आज ७.७३ अंकले गिरावट आएको हो ।

गत बिहीबार ५९ अंकले गिरावट आएर साताको बजार बन्द भएको थियो । आइतबार २६६१.४४ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २६५३.७० अंकमा ओर्लिएको छ ।


आजको कारोबारमा सेयर बजार परिसूचक ०.२९ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.७३ अंक अर्थात ०.१४ प्रतिशतले घटेर ५०६.८४ अंकमा ओर्लिएको छ ।

साताको पहिलो कारोबारको दिन आज २२४ कम्पनीको ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रूपैयाँ बराबरको ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर ४९ हजार ६ सय ७० पटक खरिद बिक्री भएको छ ।

घट्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज कारोबार उच्च हुने कम्पनीहरूमा नेशनल हाइड्रो पावर, सपोर्ट माइक्रो फाइनान्स, युनिभर्सल पावर कम्पनी ,छ्याङदी हाइड्रो पावर तथा युनियन हाइड्रो पावर लिमिटेड लगायतका कम्पनी रहेका छन् । समूहगत परिसूचकतर्फ हाइड्रो पावर तथा अन्य समूह बाहेक अन्य समूह घटेका छन् ।

 

 


Author

थप समाचार
x