अर्थ / बाणिज्य

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषकाे रकम बैंकमा मुद्दति निक्षेप राख्‍ने

इकागज |
फागुन १५, २०७८ आइतबार १५:५२ बजे

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंकले उपदान तथा पेन्सन कोषकाे रकम बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राख्‍न लागेको छ । बैंकले मुद्दति निक्षेपका रूपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस सकिने एक सूचना मार्फत जानकारी गराएको हो ।

बजारमा रहेको तरलता अभावकाे समस्यालाई यसले थाेरै भए पनि कम गर्नेछ । कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रूपमा राष्ट्र बैंकले मुद्दति निक्षेपमा राख्‍न लागेकाे हाे । यसमा वाणिज्य बैंकहरूले २० करोड रूपैयाँ निक्षेप पाउनेछन्। त्यस्तै  राष्ट्रियस्तरका विकास बैंकहरूमा ३ करोड ७५ लाख रूपैयाँ र फाइनान्समा १ करोड २५ लाख रूपैयाँ मुद्दति निक्षेपका रूपमा राख्न पाउनेछन्।


आगामी चैत १ गतेदेखि ०७९ फागुन ३० गतेसम्म ३६५ दिनका लागि याे निक्षेप प्रदान गर्न लागेकाे हाे । यस्तो मुद्दति निक्षेपका रूपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भने हुनु पर्नेछ।

त्यस्तै निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ।


Author

थप समाचार
x