अर्थ / बाणिज्य

नेप्सेमा ४३ अंकले गिरावट, सबैभन्दा धेरै गुमाउनेमा जलविद्युत क्षेत्र

इकागज |
फागुन १६, २०७८ सोमबार १५:२५ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबारको ४३ अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा आज ४३.१० अंकले गिरावट आएको हो ।

आइतबार ७ अंकले घटेको सेयर बजार आजको कारोबारमा भने उल्लेख्य रूपमा घटेको छ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) पासको असर सेयर बजारमा देखिएको छ । संसदबाट कतिपय नेताले एमसीसीले नेपालको हित नगर्ने जस्ता अभिव्यतिका कारण पनि लगानीकर्तामा आज त्यसले नकारात्मक असर पारेको देखिन्छ।


आजको कारोबारमा सेयर बजार परिसूचक १.६२ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ६.६४ अंक अर्थात १.३१ प्रतिशतले घटेर ५००.२१ अंकमा ओर्लिएको छ ।

साताको दोस्रो कारोबारको दिन आज २२७ कम्पनीको ३ अर्ब ६६ करोड १ लाख ९ हजार ८ सय ६८ रूपैयाँ बराबरको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर ५४ हजार १ सय २१ पटक खरिद बिक्री भएको छ ।

घट्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये ७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज कारोबार उच्च हुने कम्पनीहरूमा एनआइसी एसिया डिबेन्चर, सनराइज ब्लुचीप फण्ड, लक्ष्मी इक्युटी फण्ड तारागाँउ रिजेन्सी होटेल, सानिमा जेनरल इन्सोरेन्स लगायतका कम्पनी रहेका छन् ।

समूहगत उपपरिसूचकतर्फ आज सबैभन्दा धेरै जलविद्युत क्षेत्रको सेयर मूल्य घटेको छ । आज जलविद्युत समूह ३.०९ प्रतिशतले घटेको छ ।

यस्तै आज बैंकिङ समूह ०.९१ प्रतिशत, व्यापार समूह २.९५ प्रतिशत, होटेल तथा पर्यटन क्षेत्र ०.८४ प्रतिशत, विकास बैंक क्षेत्र १.६३ प्रतिशत, फाइनान्स समूह २.०६ प्रतिशत, निर्जीवन बीमा समूह २.२५ प्रतिशत, म्यानिफ्क्चरिङ एण्ड प्रोडक्सन समूह २ प्रतिशत अन्य समूह १.५३ प्रतिशत, माइक्रो फाइनान्स समूह १.२३ प्रतिशत जीवन बीमा समूह २.०९ प्रतिशत, म्युचल फण्ड ०.१३ प्रतिशत तथा लगानी समूह २.१७ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक गुमाउने तेह्रथुम पावर कम्पनी, सामलिङ पावर कम्पनी , दिव्यस्वोरी हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत परियोजना, न्यादी हाइड्रो पावर कम्पनी लगायतका छन् ।

 


Author

थप समाचार
x