अर्थ / बाणिज्य

योजना तर्जुमा गर्न अनुसन्धानमा आधारित आधार तयार - मेयर शाक्य

मेयर्स फेलोसिफ शोध ग्रन्थ सार्वजनिक

इकागज |
फागुन १७, २०७८ मंगलबार १७:१२ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप - शोध ग्रन्थ’ सार्वजनिक गरेको छ । आ. व. २०७७/०७८ मा छनौट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनहरूलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको हो ।

एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले ग्रन्थ सार्वजनिक गरेका हुन् । 


शोध ग्रन्थ सार्वजनिक गरेपछि बोल्दै मेयर शाक्यले भने, अध्ययनबाट सहरी विकास र सुविधा वितरणका क्षेत्रका लागि वास्तविकतामा आधारित आवश्यकता सम्बन्धी विवरण प्राप्त भएको बताए। शाक्यले भने, ‘काठमाडौँमा देशका सबै पालिकाका नागरिक, स्थानीय शासन र व्यवस्थापनका विद्यार्थी, राजनीतिज्ञसहित सबै क्षेत्र र पक्षका मानिसहरू बस्छन् । त्यसैले काठमाडौँ नीति र कार्यक्रममा धेरैको चासो रहन्छ । यी हरेक कोणबाट आउने प्रश्नलाई अनुसन्धानमा आधारित उत्तर दिन हामीले निर्वाचित भएर आएदेखि अध्ययनमा आधारित योजना तर्जुमा पद्धति अपनाउन थालेका हौँ ।’

अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनका विषयमा कुरा गर्दै मेयर शाक्यले, अब काठमाडौँ निर्माण गर्ने, विकास योजनालाई प्राथमिकता दिने कामका लागि आधार प्राप्त भएको बताए । 

त्यस क्रममा संघीय संसद सुजिता शाक्यले महानगरका राम्रा कामहरूमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरिन्। महानगरको यो अध्ययनबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’ का कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेमा आफू आशावादी रहेको संसद सदस्य शाक्यको भनाइ थियो । 
प्रतिवेदनबाट महत्वपूर्ण दस्तावेज प्राप्त भएका छन् । यसले आउँदा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई विकासको आवश्यकता पहिचान गर्न धेरै सहज हुनेछ । कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘विज्ञहरूबाट भएका क्षेत्रगत अनुसन्धानबाट राजनीति गर्ने व्यक्तिलाई धारणा निर्माणमा धेरै सजिलो हुन्छ ।

जनताको आवश्यकता र विज्ञको सुझाव मिलाएरपछि दिगो विकास पाउन टाढा जानु पर्दैन ।’ विकासको आयाम परिवर्तनशील हुन्छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले, विकासका नयाँ मूल्य र मान्यता दस्तावेजका रूपमा प्राप्त भएकोले महानगरको योजना निर्माणमा सहयोग हुने अपेक्षा व्यक्त गरिन् ।

स्थानीय विषयलाई परिवेश बुझेका अनुसन्धानकर्ताबाट सहभागितामुलक र सामुहिकता जस्ता अध्ययनका विधि अपनाएर अध्ययन गरिएको छ । अहिले  महानगरको योजना तर्जुमाका लागि महत्वपूर्ण दस्तावेज भएको प्राप्त भएको छ । कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले धारणा राखे ।

फेलोसिपमा सहभागीको प्रतिनिधित्व गर्दै डा. कृपा सिग्देलले आफूहरूले गरेको अनुसन्धान योजना तर्जुमाका लागि महत्वपूर्ण आधार पत्र बन्ने सुनेपछि आफूले गरेको कामबाट थप खुशी मिलेको बताइन् ।  

सहरी योजना आयोगले २०७७ असोज ३० गते विभिन्न १० विधामा छनौट भएका १० जना युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ का लागि सम्झौता गरेको थियो । उनीहरूमध्ये १ जनाले अध्ययन पूरा गरेनन् ।

नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित ‘मेयर्स रिसर्च फेलोसिप’ कार्यक्रम सञ्चालन गरिएको हो । स्थानीय परिवेश बुझ्ने अनुसन्धानकर्ताबाट विकासमा युवा सहभागितालाई उत्साह हुने व्यवहारिक कार्यक्रम अनुसन्धानबाट अपेक्षा गरिएको थियो । अनुसन्धानमा वौद्धिक चोरीलाई निषेध गरिएको छ । यसप्रकारको चोरी थाहा भएमा अनुसन्धान सम्बन्धी सम्झौता भङ्ग हुनेछ । 


Author

थप समाचार
x