Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आइपीओमा १४ अर्ब माग

इकागज |
माघ ५, २०७७ सोमबार १७:५८ बजे

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको निष्काशन खुला भएको साधारण सेयर(आईपीओ)मा सोमबार साँझ ५ बजेसम्म ११ लाख ७७ हजार ९ सय २० जनाले आवेदन दिएका छन् ।

अहिलेसम्मकै ठूलो ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आईपीओ निष्काशन खुला भएको हो । आज साँझसम्म १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपियाँ बराबरको १४ करोड १९ लाख ९६ हजार ४ सय २० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।


कुल ८ करोड कित्तामध्ये ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार  कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । त्यस्तै, थप ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर भने सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता भने सर्व साधारणका लागि आवेदन खुला गरिएको हो ।

बैंकको आईपीओ भोलि मंगलबार बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।


Author

थप समाचार
x