अर्थ / बाणिज्य

आइतबारदेखि सुरु हुँदै इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेसको एकीकृत कारोबार

इकागज |
माघ ६, २०७७ मंगलबार १४:५४ बजे

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाईनान्‍सको एकीकृत कारोबार आइतबारबाट सुरु हुने भएको छ । बैंकले फाइनान्‍सलाई प्राप्ती गरेपछि एकीकृत कारोबार गर्न लागेको हो ।

दुवै संस्थाको गएको पुस २८ गते सम्पन्‍न भएको साधारण सभाले एकिकृत कारोबारको प्रस्ताव पारित गरेको थियो । साथै प्राप्तिपछि बनेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय साविककै दरबारमार्गमा रहने पनि बैंकले जानकारी दिएको छ ।



Author

थप समाचार
x