अर्थ / बाणिज्य

महासंघले विस्तार गर्‍यो स्टार्टअप र नवप्रवर्तन समिति

इकागज |
माघ ७, २०७७ बुधवार १९:४४ बजे

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप र नवप्रवर्तन समिति विस्तार गरेको छ । महासंघको कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एण्ड इनोभेशन समितिले पूर्णता पाएको छ । जस अनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाश देव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाईं, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार रहेका छन् ।  

साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी रहेका छन् । त्यसैगरि समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र सौरभ ज्योति र अनिल चित्रकार रहेका छन् । महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा छनौट भएका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका छन् । 


उक्त कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएकाले यो क्षेत्रलाई माथि उठाउन युवा शक्तिको नवीन सोचको महत्वपूर्ण भूमिका हुने बताए । ‘युवा जनशक्तिको वाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा हाम्रो अवस्थिति नै हाम्रो समृद्धिको बलियो आधार हो,’ उनले भने, ‘हामीसँग भएको अथाह सम्भाव्यताबाट वास्तविक रूपमै फाइदा उठाउनु पर्छ ।’ 


Author

थप समाचार
x