अर्थ / बाणिज्य

वैदेशिक रोजगारमा संलग्‍न नागरिकलाई १० प्रतिशत ब्याजदरमा बचतपत्र

इकागज |
माघ ९, २०७७ शुक्रबार ११:२१ बजे

काठमाडौं : शुक्रबारदेखि वैदेशिक रोजगारीमा संलग्‍न नागरिकहरूलाई वैदेशिक रोजगार बचतपत्र बिक्री खुलेको छ । फागुन २ गतेसम्मका लागि खुलाएको यो काठमाडौं : वैदेशिका रोजगारीमा संलग्न व्यक्तिका लागि बचतपत्र खुलेको बिक्री खुलेको छ । बचतपत्र वैदेशिक रोजगारीमा संलग्‍न नेपाली तथा गैर आवासीय नेपालीहरूका लागि हो ।

बचतपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुन्‍छ । ५ वर्षमा साँवा समेत भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ  । यस्‍तो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितोमा राखी ऋण समेत लिन मिल्छ ।


यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नागरिकलाई आफू वा आफ्ना परिवारको सदस्‍यका नामममा खरिद गर्न सक्नेछन्  ।

यो बचतपत्र बिक्री गर्नका लागि सरकारले ११ वटा एजेन्ट तोकेको छ  ।


Author

थप समाचार
x