Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

सेयर बजारले मार्‍यो ५० अंकको छलाङ

२४०० अंक पार गरेर नेप्से ऐतिहासिक उचाइमा, कारोबार ९ अर्ब नाँघ्यो

इकागज |
माघ ११, २०७७ आइतबार १५:४४ बजे

काठमाडौं : पछिल्ला साताहरूमा उकालो यात्रा (बियरिस ट्रेन्ड) लागेको सेयर कारोबार मापक नेप्सेले अहिलेसम्‍मका सबै कीर्तिमानी तोडेको छ । करिब एक महिनामा नेप्‍से ३०० अंकले बढेको छ ।

साताको पहिलो दिन आइतबार नेप्‍से परिसूचक ५० अंकले बढेर २४२४ बिन्दूमा पुगेको छ । परिसूचकले आफ्‍ना अहिलेसम्‍मका सबै कीर्तिमान तोडेको हो ।


अर्थतन्त्रका सबै परिसूचक ऋणात्मक हुने अनुमान भइरहँदा सेयर बजारले भने नयाँ उचाइ बनाइरहेको छ । यही कारण अहिले सेयर बजारको वृद्धिलाई खासरूपमा हेरिएको छ । सेयर बजारलाई अर्थतन्त्रकै ऐनाका (प्रतिविम्ब) का रूपमा हेरिन्छ । तर सीमित कम्पनीको बाहुल्य रहेको सेयर बजारले अर्थतन्त्रको दिशा विपरीत प्रवृत्ति देखाउँदै आएको हो ।

वित्तीय क्षेत्रमा थुप्रिएको अधिक तरलताका कारण सेयर कर्जाको ब्याजदर निकै तल झरेकाले सेयर बजार नयाँ उचाइमा पुगेको छ ।

चार कम्‍पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

आइतबारको कारोबारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लाइफ इन्स्योरेन्स, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्‍स लिमिटेड र महालक्ष्मी विकास बैंकका सेयरमूल्‍य १० प्रतिशतले वृद्धि भएर रोकिएको थियो ।

महालक्ष्मी विकास बैंकको सेयर मूल्य १५९ रुपैयाँले बढेर प्रति कित्ता १ हजार ७ सय ४९ रुपैयाँ पुग्यो ।  गुराँस लाइफ इन्स्योरेन्सको सेयर प्रति कित्ता ७२ अंकले बढेर ७ सय ९२ रुपैयाँ पुग्यो ।

ग्रामिण विकास लघुवित्तको सेयर मूल्य ७४ अंकले बढेर ८ सय १४ रुपैयाँमा रोकिएको थियो । पोखरा फाइनान्स लिमिटेडको सेयर २४ अंकले बढेर २ सय ६४ रुपैयाँ पुगेको नेप्‍सेले जानकारी दिएको छ । सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको सेयर मूल्य ३ सय ४४ अंकले बढ्यो । करिब ११ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी अंकले बढेका छन् ।

ट्रेडिङ समूहबाहेक सबै समूहको परिसूचक बढेका छन् । ट्रेडिङ समूहमा २ प्रतिशतले गिरावट आएको छ ।

सबैभन्दा बढी सेयर मूल्य वृद्धि भएका कम्‍पनी

सबैभन्दा बढी सेयर मूल्य घटेका कम्पनी

महालक्ष्मी विकास बैंक

नारायणी विकास बैंक

गुराँस लाइफ इन्स्योरेन्स

एनआइबीएल प्रगति फन्ड

ग्रामिण विकास लघुवित्त

सामुदायिक लघुवित्त

पोखरा फाइनान्स लिमिटेड

सप्तकोशी डेभलपमेन्‍ट बैंक

गुराँस लघुवित्त

प्रिमियर इन्स्योरेन्स कम्पनी

सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट

जानकी फाइनान्स

नेपाल क्रेडिट एन्ड कमर्शियल बैंक

एनआइशी एसिया ब्यालेन्स फन्ड

सपोर्ट माइक्रोफाइनान्स

बिशाल बजार कम्पनी

प्रभु लाइफ इन्स्योरेन्स

लाइफ इन्स्योरेन्स कम्पनी

गुर्खाज फाइनान्स लिमिटेड

युनाइटेड इदी मार्दी हाइड्रोपावर

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

सिटीजन्स म्युचुअल फन्ड – २

माउन्टेन इनर्जी नेपाल

ग्रीन डेभलपमेन्ट बैंक

 

कारोबार रकम ९ अर्ब नाँघ्यो

पुस ५ गते प्रधानमन्‍त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको प्रस्ताव गर्ने निर्णयपछि सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार भएको थियो । त्यो दिन सेयर बजारमा ९ अर्ब ४ करोडको कारोबार भएको थियो ।

आइतबार बजारले कारोबारको रेकर्ड समेत तोडेको छ । यस अवधिमा बजारमा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपैयाँ कारोबार भएको छ ।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । ६६ करोड ८२ लाख रुपैयाँ कारोबार भएको नेपाल लाइफको सेयर मूल्य प्रति कित्ता दुई हजार ८ सय ४९ रुपैयाँ पुगेको छ । नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल टेलिकम, एनआइशी एसिया बैंक, प्रभु बैंकको सेयरमा उच्च मात्रामा कारोबार भएको छ ।


Author

थप समाचार
x