एनसीसीको सेयर किन्नेको चाप बढेपछि नेप्सेले माग्यो स्पष्टीकण
काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको सेयर खरिदमा चाप परेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंकसँग स्पष्टीकरण मागेको छ । मूल्यमा प्रभाव गर्ने कुनै निर्णय गरेको आशंकामा बैंकलाई केरकार गरेको हो । बैंकलाई तीन दिनभित्र जवाफ दिन नेप्सेले भनेको छ ।
एनसीसी बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । ३३ अंकले बढेको एनसीसीको सेयर मूल्य ३ सय ६४ रुपैयाँ पुगेको थियो । कारोबार खुलेको दुई मिनेटमा ३३ अंकले बढेको एनसीसीको सेयरको खरिदमा उच्च चाप परेको थियो ।
नबिल बैंकसँगको मर्जरको हल्लाले एनसीसी बैंकको सेयर मूल्यमा वृद्धि भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया