अर्थ / बाणिज्य

सामसङको ग्यालेक्सी ए जीरो टू सार्वजनिक, के-के छन् फिचर

इकागज |
माघ १४, २०७७ बुधबार १६:५७ बजे

काठमाडौं : विश्‍वचर्चित स्मार्टफोन कम्‍पनी सामसङले आफ्‍नो ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्‍सी ए जीरो टू नाम दिइएको यो स्मार्टफोनलाई विश्‍व बजारमा प्रस्‍तुत गरिएको हो ।  

यो स्मार्टफोनलाई ड्युअल रियर क्‍यामरा सेटअपका साथमा बजारमा ल्याइएको छ । 


डिस्प्ले र सफ्‍टवेयर 
ड्युअल सीमको सुविधा भएको स्यामसङसँग ग्यालेक्सी ए जीरो टू स्मार्टफोनमा ६.५ इञ्‍चको एचडी प्‍लस (७२० बाइ १५६० पिक्‍सल) डिस्‍प्ले राखिएको छ । 

र्‍याम, स्टोरेज र प्रोसेसर
यो फोनमा स्पीड र मल्टिटास्किङका लागि १.५ गीगाहर्ट्ज़ मिडियाटेक एमटी ६७३९ डब्ल्यू क्‍वाड-कोर प्रोसेसरको साथमा ग्राफिक्सका लागि पावरभीआर रग जीइ८१०० जीपीयूको प्रयोग गरिएको छ । फोनमा २ जीबी/३ जीबी र्‍याम र ३२ जीबी/६४ जीबी स्टोरेज भेरियन्‍ट राखिएको छ । रिएंट है। स्टोरेजलाई माइक्रो एसडी कार्डमार्फत १ टीबीसम्‍म बढाउन सकिन्‍छ । 

क्यामरा
यो स्मार्टफोनको पछाडी भागमा ड्युअल रियर क्यामरामरा सेटअप गरिएको छ । यसको प्राइमरी क्यामरा सेन्सर १३ मेगा पिक्‍सलको छ । यसको एपर्चर एफ/१.९ छ । साथमा २ मेगापिक्सलको म्याक्रो क्यामरा सेन्सर राखिएको छ । जसको एपर्चर एफ/२.४ छ । यसको ब्याक प्यानलमा एलईडी फ्ल्यास पनि छ । सेल्फीका लागि फ्रन्टमा पाँच मेगापिक्सलको क्‍यामरा सेन्‍सर राखेको कम्‍पनीले जानकारी दिएको छ । 

ब्याट्री क्षमता
सामसङ ग्यालेक्सी ए जीरो टू स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री छ । यसले ७.७५ वाटसम्‍म चार्जिङ सपोर्ट गर्छ । सामसङले यो स्मार्टफोनलाई सार्वजनिक गरेपनि यसको बिक्री भने खुलाएको छैन । साथै यसको मुल्‍य पनि तोकिएको छैन ।


Author

थप समाचार
x