अर्थ / बाणिज्य

उद्योगी व्यवसायीहरू भन्छन् : निजी क्षेत्रबीच कार्यगत एकता हुनुपर्छ

इकागज |
माघ १४, २०७७ बुधबार १९:१० बजे

काठमाडौँ : आर्थिक मुद्दामा प्रमुख राजनीतिक दलहरूलाई साझा धारणा निर्माण गर्न दबाब दिन निजी क्षेत्रबीच कार्यगत एकता गर्नुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् । नेपाल आर्थीक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीहरूले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक दलहरूलाई दबाब दिन निजी क्षेत्रका छाता संगठनहरूबीच कार्यगत एकता हुनुपर्ने बताएका हुन् । 

देशको अर्थतन्त्रमा करिब ७० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेकोले मुख्य आर्थिक मुद्दामा निजी क्षेत्रको समान दृष्टिकोण हुनुपर्ने पनि उद्योगी व्यवसायीहरूको भनाइ छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक मुद्दामा महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सबीच कार्यगत एकता गर्नुपर्ने बताए । 


उनले निजी क्षेत्रका छाता संगठनहरूको राष्ट्रव्यापी सञ्‍जाल भएको र सरकारको नीति निर्माण तहमा विशेष प्रभाव पार्न सक्ने भएकाले प्रभावशाली संगठनका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए । आफू नेतृत्वमा आएसँगै ९० प्रतिशत मुद्दामा समान धारणा बनाउन सक्ने भन्दै प्रस्ताव समेत पेश गरीसकेको अध्यक्ष गोल्छाले बताए । 

उनले विभिन्‍न ५३ वटा बुँदा पहिचान गरी समान धारणा निमार्ण गर्न परिसंघ र चेम्बरमा छलफलका लागि पठाइसेको पनि बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि नीजि क्षेत्रका कतिपय मुद्दाहरूमा सरकार र राजनीतिक दलहरूले विभाजन गर्न खोजेको भन्दै एक भएर अगाडी बढे आफ्ना मुद्दा संस्थागत गर्न सकिने बताए । 

कार्यक्रममा उद्योगी व्यवसायीहरूले नीजि क्षेत्रलाई सधै कालाबजारीको रूपमा मात्र हेर्ने गरेको भन्दै नीजि क्षेत्रको सम्मान हुन नसेको गृनासो गरेका थिए ।


Author

थप समाचार
x