अर्थ / बाणिज्य

एनआइसी एशियाको नाफा २ अर्ब ६ करोड

इकागज |
माघ १५, २०७७ बिहीबार १७:४९ बजे

काठमाडौं : एनआइसी एशिया बैंकको दोस्रो त्रैमासिकमा नाफा २.२ प्रतिशतले बढेको छ । यस अवधिमा दुई अर्ब ६ करोड रुपैयाँ नाफा गरेको बैंकले जानकारी दिएको छ । 

बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको उसले बताएको छ ।


कोभिड-१९को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बावजुद नाफा गरेको उसले भनेको छ । 

दोस्रो त्रैमासमा वार्षिक प्रति सेयर आम्दानी ३५.७३ रुपैयाँ आर्जन गरेको छ । बैंकको स्व-पुँजीमा प्रतिफल २२.६६ प्रतिशत छ । जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको एनआइसी एशियाको अनुमान छ ।

बैंकको यस दोस्रो त्रैमाससम्ममा कर्जातर्फ ५९.३१ अर्ब रुपैयाँले वृद्धि भई कुल कर्जा रकम २ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ३१० अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको २२ प्रतिशतको हिस्सा रहेको बैंकले जानकारी दिएको छ । साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ६७ अर्ब ३० करोड रुपैयाँले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ७६ अर्ब २० करोड रुपैयाँ पुर्‍याएको छ । 


Author

थप समाचार
x