अर्थ / बाणिज्य

एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै, बुकिङ खुल्यो

इकागज |
माघ २०, २०७७ मंगलबार १२:१७ बजे

काठमाडौं : नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रालिले ले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ । अल न्यू स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षीत एसयूभी हुनेछ । विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरव्याग दिइएको छ । 

कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफु अनुकुल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर यसमा उपलब्ध छन् । 
साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ । जसमा एप्पलका र प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुवैलाई प्रिमियम बनाएको छ । 

एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा ७ स्पीड डिसिटी गियरबक्स उपलब्ध रहेको छ । 

यसलाई नेपाल ल्याएको अवसर पारेर केहि समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गर्न लागेको हो । विभिन्न तीन कलर भेरियन्टमा यसलाई ग्राहकले किन्‍न सक्नेछन् । जसमा कालो, सेतो र रातो कलर भेरियन्ट रहेका छन् । अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो साता सम्ममा डेलिभरी दिने कम्पनीले जानकारी दिएको छ । 



Author

थप समाचार
x