अर्थ / बाणिज्य

सिटिजन्सका ग्राहकलाई होटल मेरिडियनमा छुट

इकागज |
माघ २२, २०७७ बिहीबार १२:३ बजे

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल मेरिडियन सुनधारा बीच बैंकका ग्राहकलाई विभिन्‍न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापछि बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकहरुले होटल मेरिडियनमा सेवा लिँदा छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



Author

थप समाचार
x