सेयर बजार फेरि उकालो लाग्यो
कारोबार रकम ७ अर्ब ६१ करोड, कुन कम्पनीको कति पुग्यो ?
काठमाडौं : साताको अन्तिम कारोबार हुने दिन बिहीबारको सेयर बजार उकालो यात्रामा अघि बढेको छ । बुधबार सामान्य गिरावट बएको सेयर बजार सुचक नेप्से बिहीबार फेरि उकालो लागेको हो ।
नेप्से परिसुचक ८ दशमलव ३४ अंकले बढेर २४७५ दशमलव २६ बिन्दूमा पुगेको हो । झन्डै १५ कम्पनीको सेयरमा ९ प्रतिशतभन्दा बढी अंकको वृद्धिले नेप्सेलाई उकालो यात्रामा फर्काउन मद्दत पुर्याएको हो ।
यसरी बढ्नेमा अधिकांश लघुवित्त वित्तीय संस्थाहरू छन् । सुर्योदय लघुवित्तको सेयर मुल्य १० प्रतिशतले वृद्धि भएर रोकिएको थियो । उच्च वृद्धिसँगै यसको सेयर मुल्य एक हजार ९ सय २५ रुपैयाँ पुगेको छ ।
माइक्रोफाइनान्स इन्डेक्स नै ३ दशमलव ५२ प्रतिशतले बढेको छ । बिहीबारको कारोबारमा सबैभन्दा बढी ट्रेडिङ समूहको परिसुचकमा वृद्धि भयो । यो ४ दशमलव ५१ प्रतिशतले बढेर २०४८ बिन्दूमा पुगेको छ ।
१२ समूहमध्ये ६ समूहको परिसुचकमा भने गिरावट नै आयो । होटल र फाइनान्स समूहको सेयर झन्डै १ प्रतिशतको अन्तरमा घटेको छ । बैंकिङ समूहको परिसुचकमा पनि ७ दशमलव ४३ अंकले कमी आएको छ ।
प्री-ओपन सेसनमा पहिरो
कारोबारको प्रात:कालिन समयमा (प्री ओपन सेसन) नेप्सेमा पहिरो गएको थियो । १५ मिनेटमा करिब ३६ अंकले घटेको सेयर बजार क्रमश: उकालो लागेको थियो । २४७९ सम्मको यात्रा पार गरेपछि नेप्से स्थिर रुपमा अघि बढेको थियो ।
कारोबार घट्यो
नेप्से परिसुचक अग्लिए पनि बिहीबार सेयर कारोबारमा भने गिरावट बएको छ । ७ अर्ब ६१ करोड रुपैंयाँ मात्रै कारोबार भएको छ । ७२ हजार १ सय ७० पटकको कारोबारमा १ करोड ८७ लाख कित्ता बराबर सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी पुनर्बीमा कम्पनी र डेप्रस्क डेभलपमेन्ट बैंकको सेयर किनबेच भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया