एनएमबीको लाभांश आइतबार खातामा जाने
काठमाडौं : एनएमबी बैंक लिमिटेडले लाभांश सेयरधनीको बैंक खातामा आइतबार जम्मा गर्ने भएको छ । चुक्ता पूँजीको ३ दशमलव २० प्रतिशत नगद लाभांश हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा जम्मा हुने भएको हो ।
२९ माघमा बसेको बैंकको २५औं साधारणसभाले लाभांश पारित गरेको थियो । सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अध्यावधिक भएको हकमा नगद लाभांश प्राप्त गर्ने छन् ।
हालसम्म डिम्याट नगराएका वा हितग्राही खाता खोलेर पनि डिम्याट नगराएका सेयरधनीहरूले छिठो डिभ्याट गर्न बैंकले आग्रह गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया