मञ्जुश्रीको ऋणपत्र भर्ने आज अन्तिम दिन, मागभन्दा बढी आवेदन पर्यो
काठमाडौं : मञ्जुश्री फाईनान्स लिमिटेडले ऋणपत्र शुक्रबार बन्द हुने भएको छ । वार्षिक ९.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र खुलाएको थियो ।
माघ १८ बाट बिक्री खुलेको आइपीओ छिटोमा २१ गते र ढिलोमा फागुन २ गतेसम्म खुल्ने बताएको थियो । तर, मागभन्दा बढी आवेदन परेपछि २३ गते नै क्लोज गरेको फाइनान्सले जानकारी दिएको छ ।
८ वर्षको अवधिका लागि खाएको यो ऋणपत्र प्रति ऋणपत्र एक हजार रुपैयाँ छ । ५ लाख कित्ताले हुन आउने ५० करोड रुपैयाँ बराबरको ऋणपत्र मध्ये ३० करोड ३० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिन्छ । २० करोड ऋणपुँजी सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरेको कम्पनीले जानकारी दिएको छ ।
न्यूनतम २५ कित्ता ऋणपत्रका लागि आवेदन दिन सकिन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया