मंगलबारबाट २ अर्बको बचतपत्र खुल्ने, ९ प्रतिशत ब्याज पाइने
काठमाडौं : मंगलबारबाट नागरिक बचतपत्रको बिक्री खुल्ने भएको छ । ९ प्रतिशत वार्षिक ब्याजदर सुविधासहितको २ अर्ब रुपैयाँ बराबरको बचतपत्र खुल्ने भएको हो । राष्ट्र बैंकले फागुन २५ गतेदेखि पाँच वर्षका लागि नागरिक बचतपत्र २०८२ निष्कासन गर्नेछ ।
न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम दश हजार रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । ब्याज भुक्तानी प्रत्येक ६-६ महिनामा हुनेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिन सकिने व्यवस्था छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया