२५०० नाघ्यो सेयर बजार
लघुवित्तका सेयरमा उछाल, कारोबार १० अर्ब नाघ्यो
काठमाडौं : आइतबार सेयर बजार ४८ अंकले बढेर ऐतिहासिक उचाइमा पुगेको छ । नेप्से परिसुचक १ दशमलव ९७ प्रतिशतले बढेर २५२४ बिन्दूमा पुगेको हो ।
लघुवित्त वित्तीय संस्थाहरूको सेयर मुल्यमा उछाल आएपछि नेप्से ऐतिहासिक उचाइमा पुगेको हो । अधिकांश समूहका परिसुचक उकालो लाग्दा पनि विकास बैंक र बैंकिङ समूहको परिसुचक घट्यो ।
माइक्रोफाइनान्स समूहको परिसुचक ७ प्रतिशतले बढेको छ । ३३४ अंकले बढेको यो परिसुचक ४ हजार ६ सय ४० बिन्दूमा पुगेको छ ।
निर्जीवन बीमा र बीमा समूहको परिसुचक पनि ठुलै अंकले बढेको छ । जीवन बीमा समूहको परिसुचक ३ दशमलव १६ प्रतिशतले बढेको छ भने निर्जीवन समूहको परिसुचक ३ दशमलव ७६ प्रतिशतले बढ्यो । त्यसबाहेक जलविद्युत समूहमा पनि ३ प्रतिशतले वृद्धि भएको छ ।
आठ कम्पनीको सेयर मुल्यमा उच्च वृद्धि
आइतबारको कारोबारमा ८ कम्पनीको सेयरमा १० प्रतिशतले वृद्धि भएको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त, गणपति लघुवित्त, आरएसडीसी लघुवित्त, डेप्रोस्क लघुवित्त, मञ्जुश्री फाइनान्स, निर्धन लघुवित्त र नागरिक लगानी कोषको सेयरमा १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सारथी लघुवित्तमा पनि १० प्रतिशतले वृद्धि एको छ ।
कारोबार १० अर्ब माथि
सेयर बजार कारोबार १० अर्ब रुपैयाँ नाघेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर कारोबार १० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
८७ हजार ६ सय ७० पटकको कारोबारमा १ करोड ७७ लाख कित्ता बराबरको सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी हिमालय डिस्टिलरीको भएको छ । ५३ करोड १७ लाख रुपैयाँ बराबर कारोबार भएको यो कम्पनी मुल्य प्रति कित्ता चार हजार ८ सय १४ रुपैयाँ छ । त्यसबाहेक नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमइ बैंक लगायतका कम्पनीहरूको अधिकतम कारोबार भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया