अर्थ / बाणिज्य

नेपाल बैंकका अध्यक्ष अधिकारीको राजीनामा स्वीकृत

इकागज |
माघ २८, २०७७ बुधबार ७:१५ बजे

काठमाडौँः अर्थ मन्त्रालयले नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीको राजीनामा स्वीकृत गरेको छ । साधारण सभाले अनुमोदन गरी सकेको लाभांश घटाउन अर्थले निर्देशन दिएपछि अधिकारीले माघ २५ गते राजीनामा बुझाएका थिए । 

गत आर्थिक वर्ष २०७६–७७ को नाफाबाट नेपाल बैंकले १२ प्रतिशत बोनस सेयर ४ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिने भएको थियो । अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था ऐनको प्रावधान विपरित गएर पारित भएको लाभांश जम्मा १० प्रतिशतमा झार्नु भनेपछि अधिकारीले राजीनामा दिएका थिए।


 उनले आफू जिम्मेवारी मुक्त भएकोमा खुसी मिलेको स्ट्याटस फेसबुकमा पोस्ट गरेका छन् । 

 

मुक्ततामा खुशी छु राजीखुशी छु । (दुई वर्ष नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा रही केही सिक्ने मौका प्रदान गर्ने नेपाल...

Posted by Bashudev Adhikari on Tuesday, February 9, 2021

अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनी २०७५ पुस २५ मा नेपाल बैंकको अध्यक्ष भएका थिए । 
 


Author

थप समाचार
x