अर्थ / बाणिज्य

जनक शर्माले छाडेपछि सनराइजले सुमन शर्मालाई सीईओ बनायो

इकागज |
माघ २८, २०७७ बुधबार १६:४४ बजे

काठमाडौँः सनराइज बैंकको सञ्चालक समितिले सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । शर्मा यसअघि माछापुछ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

२०७६ फागुनको अन्त्यतिर माछापुछ्रे छाडेपछि शर्माले नेपाल लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिृतका लागि प्रतिस्पर्धा गरेका थिए । तर उनी त्यी संस्थाहरूमा छनौटको अन्तिम समयमा बाहिरिए । 


शर्माको बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव छ । उनले नेपाल एसबीआई बैंकमा अधिकृत स्तरबाट बैंकिङ करिअर सुरु गरेका हुन् । यसअघिका सीईओ जनक शर्मा पौड्यालले मंगलबार राजीनामा दिएपछि सुमन शर्मालाई सीईओ नियुक्त गरेको बैंकका एकजना सञ्चालक इन्जिनियर शैलेन्द्र गुरागाईंले पुष्टी गरेका छन् ।
 


Author

थप समाचार
x