अर्थ / बाणिज्य

एलजीलाई अवार्ड

इकागज |
माघ २९, २०७७ बिहीबार १५:१९ बजे

काठमाडौं : सन् २०२१ सिइएसको डिजिटल प्रतियोगिता अन्तर्गत धेरै जसो अवार्डहरु एलजी इलेक्ट्रोनिक्सले हात पारेको छ। प्रविधिको उधोगहरुकालागी यो एक मुख्य निर्णायिक श्रेणी मानिन्छ। 

सिइएसमा १० हजार भन्दा बढी उत्पादनकर्ताहरुको सहभागिता थियो । यस विशेष कार्यक्रममा आफ्ना घरयासी सामानहरु, मनोरंजन, आइ टि र मोबाइल विधामा १९० भन्दा बढी पुरस्कारहरुबाट सम्मानित भएको छ।

सिइएस उपभोक्ता टेक्नेलोजी संघद्वाारा आयोजित वार्षिक ट्रेड शो हो । संयुक्त राज्य अमेरिकाको नेन्वाडा विन्चेस्टरको लास भेगास कन्भेन्सन सेन्टरमा जनवरीमा आयोजित यस कार्यक्रममा उपभोक्त इलेक्ट्रोनिक्स उद्योगमा नयाँ उत्पादन र टेक्नोलोजिहरु प्रस्तुत गरेको थियो । 



Author

थप समाचार
x