अर्थ / बाणिज्य

निफ्राको सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

इकागज |
माघ २९, २०७७ बिहीबार १७:५४ बजे

काठमाडौँः नेपालको सबैभन्दा ठूलो प्राथमिक सेयर निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को २० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । 

निफ्राले ८ करोड र सर्वसाधरणका लागि १२ करोड कित्ता सेयर निष्काशन गरेका थियो । सर्वसाधरण आवेदकलाई निफ्राको ५० कित्ता न्यूनतम सेयर परेको छ । सेयर सूचीकरण सम्झौता पत्रमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । 


बैंकले शेयर सूचीकरण पश्चात दिनुपर्ने शेयर रजिष्ट्रार सेवाको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंलाई नियुक्त गरीसकेको जनाएको छ । 
 


Author

थप समाचार
x