अर्थ / बाणिज्य

महिला लघुवित्तको आईपीओ खुल्यो, बिदाको दिन पनि खुला हुने

इकागज |
माघ ३०, २०७७ शुक्रबार १२:२३ बजे

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गरेको छ । आजबाट जारी लघुवित्तको सेयरमा फागुन ५ गतेसम्म आवेदन दिन सकिन्‍छ । दुई दिन सार्वजनिक बिदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ । 

सार्वजनिक बिदाको दिन पनि आईपिओ भर्न पाइनेछ । सम्भवत् बिदाको दिन बिक्रि खुला भएको यो नै पहिलो पटक हो । शुक्रबार एक सूचना जारी गर्दै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै कम्पीलाई मिति परिवर्तन गर्न गत २२ गते पत्रचार गरेको भन्दै ३० माघ बाट आईपीओ जारी गर्ने जानकारी दिएको छ ।


कम्पनीले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । 

निष्कासन गर्ने कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ । पछिल्‍लो समय आईपिओ भर्नेको संख्या बढेको छ । आवेदकको संख्या धेरै भएमा गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले न्युनतम १० कित्ता पर्छ । त्यसैले १० कित्ता भर्न उपयुक्त हुन्छ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
 


Author

थप समाचार
x