अर्थ / बाणिज्य

प्रधानमन्त्री ओलीले गरे लुम्बिनी केवलकारको शिलान्यास

बिक्रम खड्का |
फागुन १, २०७७ शनिबार १५:० बजे

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केवलकार निमार्ण आयोजनाको शिलान्यास गरेका छन् । ओलीले बुटवल उपमहानगरपालिका—३ बमघाटमा बन्ने तल्लो स्टेसन फाउण्डेशनमा ईट्टा राखेर शिलान्यस गरेका हुन् । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यो आयोजना सम्पन्न भएसँगै लुम्बिनी र बुटवलले पर्यटकीय क्षेत्रमा छलाङ मार्ने बताए । आयोजना सम्पन्न गर्नका लागि सरकारका तर्फबाट सबै सहयोग र सहजिकरण हुने उनको भनाई छ । उनले निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।  


पाल्पाको तिनाउ–३ बसन्तपुरमा माथिल्लो स्टेसन रहने केबलकारको लम्बाइ करिब ३ किलोमिटर हुने प्रालिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए । पाल्पा क्षेत्रमा पर्ने बसन्तपुरबाट भारतको नौतनवासम्मका दृष्यावलोकन गर्न सकिने मौसम सधै निक अनुकल हुने भएकाले यसले पर्यटकी गन्तव्यका रुपमा छिटै स्थापित हुने बताए । ढकालले झण्डै ३ अर्वको लगानी लगाएर केही गरौ भनेर आएका व्यवसायीहरुलाई सबै क्षेत्रबाट उर्जा मिल्ने छ भन्ने विश्वास व्यक्त गरे । 

बुटवलमा चर्को गर्मी हुने समयमा पनि सो स्थानको मौसम निकै अनुकुल हुने दाबी गरिएको छ । भौतिक पूर्वाधारको अभावका कारण निकै विकट सो क्षेत्रमा केबलकार निमार्ण भए बुटवल आसपासका क्षेत्रको पर्यटकीय विकास हुने दाबी केवलकार संचालकहरूले गरेका छन् । अस्ट्रियाको कम्पनीले केबलकार निमार्णको जिम्मा पाउने भएको छ । जसले चन्द्रागिरीमा पनि केबलकार निमार्ण गरेको थियो । 

मन्त्रिपरिषद्को बैठकबाट रुपन्देही र पाल्पा जिल्ला अन्तर्गत पर्ने ६.७ हेक्टर वन क्षेत्र प्रयोगको स्वस्कृति दिएको छ । लुम्बिनी केबलकार प्रालिले २५ वर्षको लागि वन क्षेत्र उपयोग गर्न पाउने सम्झौता गरेको छ । केबलकार तथा स्टार होटल, मन्दिरहरूलगायतका अन्य पूर्वाधार निमार्णका लागि झण्डै ३ अर्बको प्रोजेक्ट बनाएर अघि बढिएको सञ्चालक मध्येका एक रमेश शर्माले बताए । उनका अनुसार यो आयोजनामा मुख्य लगानी चन्द्रढकालकै रहेको छ । करिव २५ प्रतिशत भने स्थानीय केही जनप्रतिनिधिहरू लगायतको छ । 

यो अयोजनाले बुटवल क्षेत्रको प्रयटनमा विशेष टेवा पुग्ने बुटवल उपमहानगरपालिकाले दाबीगरेको छ । आयोजनाको तल्लो स्टेसन निमार्ण स्थालमा भेटिएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जतिसक्दो आयोजना सम्पन्नका लागि आफूहरूको सकारात्मक सहयोग हुने बताए । 
बुटवलकै शिर पाल्पाको नुवाकोटसम्म पनि केवलकार बन्ने भएको छ । अधिकांश स्थानीयको लगानी रहेको सिद्धार्थ केबुलकार प्राइभेट लिमिटेडले पनि अबको पन्ध्र दिनमा केवलकार निमार्णको सुरुवात गर्ने भएको छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x