अर्थ / बाणिज्य

निफ्राको पहिलो कारोबारमै सकारात्मक सर्किट, ३७४ रुपैयाँ पुगेर रोकियो ‍

इकागज |
फागुन २, २०७७ आइतबार ११:४५ बजे

काठमाडौं : नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) नेप्सेमा सुचिकृत भएपछि कारोबारमा आएको पहिलो दिनमै सकारात्मक सर्किट लागेको छ । निफ्राको मुल्य प्रति कित्ता ३ सय ७४ रुपैयाँ पुगेर रोकिएको हो ।

स्टक एक्सचेञ्जले निफ्राको पहिलो सेयर कारोबारको रेन्ज ११३.६२ देखि ३४०.८६ रुपैयाँ तय गरेको थियो । बैंकले गत माघ २ गतेदेखि साधारण सेयर निष्कासन गरेको थियो। देशकै पहिलो पूर्वाधार बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो (८ अर्ब रुपैयाँ बराबरको) साधारण सेयर निष्कासन गरेको थियो । 


निफ्राले ८ करोड र सर्वसाधरणका लागि १२ करोड कित्ता सेयर निष्काशन गरेका थियो । सर्वसाधरण आवेदकलाई निफ्राको न्यूनतम ५० कित्ता न्यूनतम सेयर परेको थियो ।


Author

थप समाचार
x