अर्थ / बाणिज्य

सेयर बजारले एक सातामा ९१ अर्ब गुमायो

३३ अंकले खस्किएर नेप्से २४९३ बिन्दूमा

इकागज |
फागुन २, २०७७ आइतबार १६:१६ बजे

काठमाडौं : आइतबार नेप्से परिसुचक खस्किएर २५०० भन्दा कम अंकमा पुगेको छ । माघ २६ मा नेप्से सुचकांक २५६१ को हाराहारीको उच्चतम बिन्दूमा पुगेको थियो । करिब एक सातापछि खस्किएर २४९३.५९ बिन्दूमा झरेको हो ।

अहिले बजार पुँजीकरण ३३ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । नेप्से उच्चतम् बिन्दूमा पुग्दा बजार पुँजीकरण ३४ खर्ब ५२ अर्ब रुपैयाँ थियो ।


यो अवधिमा बजारले ९१ अर्ब रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ । यस्तो नोक्सानीको ठुलो हिस्सा साना लगानीकर्ताले व्यहोर्नुपर्ने हुन्छ ।

म्यूचुअल फन्डबाहेक सबै समूहका परिसुचक ओरालो लागेका छन् । लघुवित्त र बैंकिङ समूह खस्किएपछि समग्र बजार प्रभावित भएको छ । बैंकिङ समूहको परिसुचक १.१५ प्रतिशतले घटेको छ । माइक्रोफाइनान्स समूहमा पनि १. समूहमा पनि १.८३ प्रतिशतले कमी आएको छ ।

आइतबारको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा भारी गिरावट आएको छ । सपोर्ट माइक्रोफाइनान्सको सेयर मुल्य प्रति कित्ता १ सय ९६ रुपैयाँले घटेको छ । यसको अन्तिम कारोबार एक हजार ९ सय १९ रुपैयाँमा भएको थियो ।

स्वाभिमान लघुवित्तको सेयर मुल्य १ सय १३ रुपैयाँ प्रति कित्ताको दरले घट्यो । घटेसँगै यसको मुल्य प्रति कित्ता दुई हजार १ सय २० रुपैयाँ पुगेको छ ।

कारोबार रकम घट्यो

१० अर्ब रुपैयाँभन्दा बढी पुगेको कारोबार आइतबार ६ अर्ब ९२ करोड रुपैयाँको हाराहारी पुग्यो । ५८ हजार ३ सय ९ पटकको कारोबारमा १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी नेको इन्स्योन्सको सेयर किनबेच भएको छ । यो इन्स्योरेन्स कम्पनीको ५२ करोड ३३ लाख रुपैयाँ बराबर किनबेच भएको छ । त्यसपछि नेपाल बैंकको सेयर किनबेच बढी मात्रामा भएको छ । यो बैंकको ३६ करोड ६० लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।


Author

थप समाचार
x