अर्थ / बाणिज्य

हिमालयन जनरल इनस्‍योरेन्सलाई ६.७५ प्रतिशत लाभांस बाँड्ने

इकागज |
फागुन ४, २०७७ मंगलबार १३:२५ बजे

काठमाडौं : हिमालयन जनरल इन्‍स्योरेन्सले आफ्‍ना सेयरधनीहरूलाई ६ दशमलव ७५ लाभांस वितरण गर्ने भएको छ । सोमबार बसेको सञ्‍चालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्‍सान हिसाबमा बाँडफाँटका लागि उपलब्ध रकमबाट वितरण गर्ने भएको छ । बीमा स्वीकृति पाएपछि वार्षिक साधारणसभाबाट पारित गराउने कम्पनीले जानकारी दिएको छ ।


चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांस २७औं साधारणसभाबाट बाँड्ने तयारी गरेको हो ।


Author

थप समाचार
x