अर्थ / बाणिज्य

बैंकिङ्ग समूहले उचाल्यो सेयर बजार

इकागज |
फागुन ४, २०७७ मंगलबार १५:४६ बजे

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन पनि उकालो लागेको छ । आइतबार ९२.४२ अंकले बढेको सेयर बजार आज मंगलबार पनि १५.५ अंकले बढेर २,६०१.५१ बिन्दूमा पुगेको छ । आइतबार भएको मौद्रिक नीतिको मध्यावधि समीक्षाले सेयर धितोमा कर्जा सम्बन्धी व्यवस्थामा कुनै परिवर्तन नगरेपछि सोमबार सेयर बजार उच्च गतिमा बढेको थियो । सोमबार बढेको बजारको लाभ लिन मंगलबार बजारमा सेयर बिक्रीको चाप देखियो । कारोबार समयमा तीव्र उतारचढावदेखिए पनि अन्तिम १०–११ मिनेट बजार बढेर २,६०० बिन्दूको थ्रेसहोल्ड काटेको हो । सोमबार बैंकिङ्ग समूहले सेयर बजार बढ्न मद्दत गरेको हो । 

बैंकिङ्ग समूहको परिसूचक २.०८ प्रतिशत अर्थात् ३८.४१ अंकले बढेर १,८८३.५२ अंकमा पुगेको छ । बैंकिङ्ग समूहका अतिरिक्त विकास बैंक, नेपाल टेलिकम समेतको सेयर सूचीकृत रहेको अन्य समूह र म्युचुअल फण्डबाहेक अन्य सबै समूहका परिसूचक ओरालो लागेका छन् । मंगलबार भने नेप्सेमा हरियाली छाएको थियो । सोमबार लघुवित्त कम्पनीहरूको सेयर मूल्य अधिक बढेकोमा मंगलबार घटेको छ । सोमबार धेरै गुमाउनेमा लघुवित्त र जलविद्युत् समूहका लगानीकर्ता रहेका छन् । 
साधना लघुवित्त, पाँचथर पावर कम्पनी, बरुण जलविद्युत् आयोजना, स्वाभिमान लघुवित्त वित्तीय संस्था र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५ देखि ६ प्रतिशतले घटेको छ । 


नयाँ सूचीकृत चन्द्रागिरी हिल्स, नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य सोमबार सबैभन्दा बढी वृद्धि भएको छ । 

नयाँ सूचीकृत चन्द्रागिरी हिल्स, नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सनराइज फर्स्ट म्युचुअल फण्ड, हिमालय उर्जा विकास कम्पनी लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी उकालो लागेको छ । वाणिज्य बैंकहरूमा   सिद्धार्थ बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक र एनएमबी बैंकका लगानीकर्ताले कमाएका छन् । 

नेपाल बैंक र ग्लोबल बैंक लिमिटेडको सेयर ठूलो परिणाममा कारोबार भएको छ । नेपाल बैंकको ९ लाख २० हजार ६ सय ६८, ग्लोबल आइएमइ बैंकको ८ लाख ५८ हजार चार सय ३८, कुमारी बैंकको ६ लाख ४० हजार चार सय १३, सिद्धार्थ बैंकको ६ लाख २३ हजार दुई सय ४९ र एनसीसी बैंकको ५ लाख ९२ हजार एक सय ९३ कित्ता सेयर किनबेच भएको छ । 

सबैभन्दा ठूलो सेयर कारोबार नबिल बैंकको ५४ करोड ४४ लाख रुपैयाँ र ग्लोबल बैंकको ४२ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आइएमइ बैंकको सेयर किनबेचमा सबैभन्दा बढी तीन हजार ४३ वटा कारोबार भएको छ । 

सोमबार १० अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज मंगलबार २०८ कम्पनीका १० अर्ब ३ करोड ५४ लाख रुपैयाँ मूल्यका १ करोड ७७ लाख ३२ हजार सात सय ६५ कित्ता सेयर ७६ हजार चार सय ९३ कारोबारमार्फत् किनबेच भएको छ ।


Author

थप समाचार
x